पार्टी विरोधी गतिविधिमा संलग्न सुदूरपश्चिमका पाँच नेता राजमोबाट निश्कासित

 

भीमराज जोशी
कन्चनपुर
राष्ट्रिय जनमोर्चाले पार्टी विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुदूरपश्चिमका पाँच नेतालाई कारबाही गरेको छ । उनीहरूलाई पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै साधारण सदस्यतासमेत नरहने गरी अनिश्चितकालका लागि निश्कासित गरिएको राजमोले जनाएको छ ।
केन्द्रीय सदस्य लालबहादुर जाग्री, केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्साल, केन्द्रीय पार्षदहरू लक्षीराम आचार्य (कैलाली), केशवनाथ योगी (डोटी) र गोविन्द विक (कञ्चनपुर) लाई कारबाही गरेको राजमो सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रिय जनमोर्चाले फुटपरस्त गतिविधिमा संलग्न रहेको भन्दै ती पाँच नेतालाई कारबाही गरिएको स्पष्ट पारेको हो ।यही भदौ ८ र ९ गते सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाको नाममा केही व्यक्तिहरुले भेला गरी समानान्तर समिति बनाएका थिए ।    सो कार्यमा संलग्नलाई कारबाही गर्नुका साथै राजमोले भ्रमबस पार्टी विरोधी समूहमा सामेल नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्कन पनि आग्रह गरेको छ ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?