महाकाली प्रादेशिक अस्पतालको आइसियू सञ्चालनको एक वर्षः झन्डै ७ सय विरामीको उपचार

भदौ १५, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालको आइसियू (सघन उपचार केन्द्र) सञ्चालनको एक वर्ष पुरा भएको छ । अस्पताल स्थापनाको ५७ वर्ष पछि गत वर्ष भदौँ १५ गते महाकाली प्रादेशिक अस्पतालमा आइसियू सेवा सञ्चालनमा आएको थियो । अस्पतालमा आइसियू सेवा सञ्चालनमा आएको मंगलबार एक वर्ष पुरा भएको छ ।

आईसियू सेवा सञ्चालनको एक वर्ष पुरा भएको उपलक्ष्यमा महाकाली प्रादेशिक अस्पतालले एक कार्यक्रमका विच मंगलबार वार्षिक समिक्षा गरेको छ । एक वर्षमा झन्डै ७ सय विरामीको आइसियूमा राखेर उपचार गरिएको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ ।

महाकाली प्रादेशिक अस्पतालको आइसियू सञ्चालनमा आएको एक वर्षको अवधिमा ६ सय २४ जना विरामीको आइसियूमा राखेर उपचार गरिएको महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिडेण्ट हरी कुमार श्रेष्ठले बताए ।

‘महाकाली प्रादेशिक अस्पताल पहिले रेफर सेन्टरका रुपमा परिचित थियो, साना साना केसको उपचारका लागि पनि विरामी भारत तथा अन्य सहर जाने अवस्था थियो ।’ उनले भने ‘ तर अहिले अस्पतालमा पहिलेको भन्दा निकै सुधार भएको छ । पहिले आइसियू नहुदाँ धेरै विरामीले ज्यान गुमाउनु पर्ने अवस्था थियो तर अस्पतालमा आईसियू सेवा सञ्चालनमा आएको एक वर्षमा मात्रै २ सय ७८ जना पुरुष र २ सय ५४ जना महिला गरि ६ सय २४ जना विरामीको आईसियूमा राखेर उपचार भएको छ ।’

अस्पतालको तथ्याङक अनुसार एक वर्षको अवधिमा ७० जना श्वासप्रश्वास सम्बन्धि रोगका,१७ जना हृदय रोगका,६६ जना अर्थो सम्बन्धि रोगका, ७३ जना ओबिएस/जिन सम्बन्धि रोगका विामीको आईसियूमा उपचार गरिएको छ ।

त्यस्तै ७६ पोइजिनिङ केस, ४८ सर्पदशंका केस,१९ जि/आई केस,७७ कोभिड–१९ केस, १ सय ४४ भेन्टिलेटर सपोर्ट केस र १ सय ७८ अन्य केसका विरामीको आइसियूमा राखेर उपचार भएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?