महाकाली प्रादेशिक अस्पतालको आइसियू सञ्चालनको एक वर्षः झन्डै ७ सय विरामीको उपचार

भदौ १५, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालको आइसियू (सघन उपचार केन्द्र) सञ्चालनको एक वर्ष पुरा भएको छ । अस्पताल स्थापनाको ५७ वर्ष पछि गत वर्ष भदौँ १५ गते महाकाली प्रादेशिक अस्पतालमा आइसियू सेवा सञ्चालनमा आएको थियो । अस्पतालमा आइसियू सेवा सञ्चालनमा आएको मंगलबार एक वर्ष पुरा भएको छ ।

आईसियू सेवा सञ्चालनको एक वर्ष पुरा भएको उपलक्ष्यमा महाकाली प्रादेशिक अस्पतालले एक कार्यक्रमका विच मंगलबार वार्षिक समिक्षा गरेको छ । एक वर्षमा झन्डै ७ सय विरामीको आइसियूमा राखेर उपचार गरिएको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ ।

महाकाली प्रादेशिक अस्पतालको आइसियू सञ्चालनमा आएको एक वर्षको अवधिमा ६ सय २४ जना विरामीको आइसियूमा राखेर उपचार गरिएको महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिडेण्ट हरी कुमार श्रेष्ठले बताए ।

‘महाकाली प्रादेशिक अस्पताल पहिले रेफर सेन्टरका रुपमा परिचित थियो, साना साना केसको उपचारका लागि पनि विरामी भारत तथा अन्य सहर जाने अवस्था थियो ।’ उनले भने ‘ तर अहिले अस्पतालमा पहिलेको भन्दा निकै सुधार भएको छ । पहिले आइसियू नहुदाँ धेरै विरामीले ज्यान गुमाउनु पर्ने अवस्था थियो तर अस्पतालमा आईसियू सेवा सञ्चालनमा आएको एक वर्षमा मात्रै २ सय ७८ जना पुरुष र २ सय ५४ जना महिला गरि ६ सय २४ जना विरामीको आईसियूमा राखेर उपचार भएको छ ।’

अस्पतालको तथ्याङक अनुसार एक वर्षको अवधिमा ७० जना श्वासप्रश्वास सम्बन्धि रोगका,१७ जना हृदय रोगका,६६ जना अर्थो सम्बन्धि रोगका, ७३ जना ओबिएस/जिन सम्बन्धि रोगका विामीको आईसियूमा उपचार गरिएको छ ।

त्यस्तै ७६ पोइजिनिङ केस, ४८ सर्पदशंका केस,१९ जि/आई केस,७७ कोभिड–१९ केस, १ सय ४४ भेन्टिलेटर सपोर्ट केस र १ सय ७८ अन्य केसका विरामीको आइसियूमा राखेर उपचार भएको छ ।

ताजा खबर

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?