मन्त्री नियुक्त नभइकनै बडूलाई सामाजिक सञ्जालमा बधाइको ओइरो

भदौ ११ कञ्चनपुर । नेपाली काग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले मन्त्रीमा नियुक्न नभइकनै सामाजिक सञ्जालमा बधाइ पाएका छन् । शुक्रबार रातिबाट सामाजिक सञ्जाल फेसबुकमा बडुले शिक्षा मन्त्रीको जिम्मेवारी पाएको भन्दै बधाइ दिएको देखिएको छ । तर मन्त्रिमण्डल नै विस्तार नभएका बेला बडूलाई बधाइको ओइरो लागेको छ ।

सामाजिक संजालमा बधाइ दिएपनि बडू मन्त्रीमा नियुक्त नभएको उनका स्वकीय सचिव केशरसिंह भण्डारीले पुष्टि गरे । ‘मन्त्रिमण्डल नै विस्तार भएको छैन, मन्त्रिमण्डल विस्तार नभइकनै मन्त्रिमा नियुक्त कसरी हुनुहुन्छ र ? शनिबार बिहान उपहारखबरसँग कुरा गर्दै स्वकीय सचिव भण्डारीले भने, ‘सामजिक सञ्जालमा एक जनाले लेखेपछि सबैले लेखे, आधिकारिकता हेर्ने भन्दपनि लहलहैमा सबैले लेखे ।

बडू सामानुपातिक बाट प्रतिनिधि सभा सदस्य बनेका हुन् । नेपाली काग्रेसका प्रभाविशाली नेता समेत रहेका बडूको नाम मन्त्रीका लागि चर्चामा भने रहेको छ ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?