मन्त्री नियुक्त नभइकनै बडूलाई सामाजिक सञ्जालमा बधाइको ओइरो

भदौ ११ कञ्चनपुर । नेपाली काग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले मन्त्रीमा नियुक्न नभइकनै सामाजिक सञ्जालमा बधाइ पाएका छन् । शुक्रबार रातिबाट सामाजिक सञ्जाल फेसबुकमा बडुले शिक्षा मन्त्रीको जिम्मेवारी पाएको भन्दै बधाइ दिएको देखिएको छ । तर मन्त्रिमण्डल नै विस्तार नभएका बेला बडूलाई बधाइको ओइरो लागेको छ ।

सामाजिक संजालमा बधाइ दिएपनि बडू मन्त्रीमा नियुक्त नभएको उनका स्वकीय सचिव केशरसिंह भण्डारीले पुष्टि गरे । ‘मन्त्रिमण्डल नै विस्तार भएको छैन, मन्त्रिमण्डल विस्तार नभइकनै मन्त्रिमा नियुक्त कसरी हुनुहुन्छ र ? शनिबार बिहान उपहारखबरसँग कुरा गर्दै स्वकीय सचिव भण्डारीले भने, ‘सामजिक सञ्जालमा एक जनाले लेखेपछि सबैले लेखे, आधिकारिकता हेर्ने भन्दपनि लहलहैमा सबैले लेखे ।

बडू सामानुपातिक बाट प्रतिनिधि सभा सदस्य बनेका हुन् । नेपाली काग्रेसका प्रभाविशाली नेता समेत रहेका बडूको नाम मन्त्रीका लागि चर्चामा भने रहेको छ ।

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?