आयोजनाको बाँकी काम छिटो गर्न प्रमको निर्देशन

भदौ १० काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकमा प्राधिकरणका पदाधिकारीलाई उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

बैठकमा प्रधानमन्त्रीले निर्माण सम्पन्न नहुँदै हतार हतारमा उद्घाटन भएका तर काम अझै बाँकी रहेका आयोजनाको काम प्रभावकारी ढङ्गले सञ्चालन गर्न र त्यसका लागि सरकारले सबै किसिमको सहयोग गर्ने बताउनुभयो । बैठकले २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले क्षति पु-याएको भौतिक संरचना पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो जिम्मेवारी सम्बद्ध निकायलाई हस्तान्तरणमा लैजाने निर्णय भएको जानकारी प्रधानमन्त्री कार्यालयका उपसचिव बद्री तिवारीले दिनुुभयो ।

बैठकपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पत्रकारहरूसँग कुरा गर्दै बाँकी रहेका पुनर्निर्माणका कार्यहरू सम्बन्धित मन्त्रालयमार्फत गरिने निर्णय पनि भएको छ ।उहाँका अनुसार विपत् व्यवस्थापनसँग सम्बन्धित कामहरू राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन आयोजनाबाट समन्वय, अनुगमन तथा व्यवस्थापन गरिने भएको छ ।

त्यसैगरी भवन निर्माण तथा पुनर्निर्माण तथा व्यवस्थापनका कामलाई सहरी विकास मन्त्रालय तथा मातहतका निकायमार्फत सञ्चालन गरिने भएका छन् । स्वास्थ्यसँग सम्बन्धित कामलाई स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयसँग सम्बन्धित कामलाई शिक्षा मन्त्रालयले समन्वय, अनुगमन तथा व्यवस्थापन गर्ने निर्णय भएको छ  । आगामी पुस १० गतेसम्म म्याद रहेको प्राधिकरणको वर्तमान नेतृत्वले हालसम्म भए गरेका कार्य सम्बन्धित निकायलाई हस्तान्तरण गर्नेछ ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?