धनगढी–दीपायल द्रुतमार्गको ट्रयाक खोल्ने कार्य सुस्त, २३ किलोमिटरमा कालोपत्रे सुरू

धनगढीः धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खोल्ने कार्य सुस्त गतिमा भइरहेको छ। कैलालीको हाटखोलीदेखि डोटीको सलेनासम्म ट्रयाक खोल्न २०७४ सालमा ३० महिनाको अवधि राखेर विभिन्न प्याकेजमा सम्झौता गरिएपनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन।
२०७४ वैशाख ४ गते सम्झौता भएको कैलालीको हाटखोलीदेखि ओझेनासम्मको २० दशमलव ५ किलोमिटर सडक निर्माणको काम अझै सम्पन्न भएको छैन। ३० महिनाभित्र ट्र्याक खोलिसक्ने गरि काम सुरू भएपनि अहिलेसम्म १७ किलोमिटर मात्र ट्र्याक खोलिएको छ।
धनगढी–दिपायल द्रुतमार्ग योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले ओझेनादेखि बीपीनगरसम्मको ४ किलोमिटर र डोटीको बीपीनगरदेखि काफतडीसम्मको ८ किलोमिटर ट्र्याक भने खोलिएको बताए। डोटीकै काफतडीदेखि सलेनासम्मको ५० किलोमिटर ट्र्याकको काम भने रूख कटानको आदेश नपाँउदा अलपत्र छ। यसमा सलेनामा रूखले काम अवरूद्ध रहेको हो।
द्रुत मार्गअन्तर्गत कैलालीमा रूख कटानको काम जारी छ भने, डोटीमा रूख कटानको आदेश नै नपाएको योजना कार्यालयले बताएको छ। वन डिभिजन कार्यालय डोटीका सहायक वन अधिकृत लक्ष्मीराज जोशीले योजना कार्यालयले लगत संकलन गरेपछि कटान आदेश दिने बताएको छ।’योजना कार्यालयलाई लगत संकलन गर्नको लागि पत्र पठाएका छौँ।’ उनले भने, ’योजना कार्यालयले लगत संकलन गरेपछि कटान आदेश दिन्छौँ।’
कैलालीमा भने रूख कटानको ७० प्रतिशत काम सम्पन्न भइसकेको योजना कार्यालयले जनाएको छ। वर्षौंदेखि अलपत्र रहेको धनगढी–दिपायल द्रुत मार्गको २३ किलोमिटर सडक कालोपत्रेका काम भने सुरू भएको छ। कैलालीमा साढे १३ किलोमिटर सडक कालोपत्रेका लागि जेठ १९ गते ठेक्का सम्झौता भएपछि काम सुरू भएको छ भने, डोटीमा साढे ९ किलोमिटर सडक कालोपत्रेको लागि जेठ २० गते सम्झौता भएपनि सयुक्त सर्वेको काम जारी रहेको छ योजना कार्यालयका इन्जिनियर रैखोलाले बताए।
त्यस्तै दिपायल–राजपुर सडकखण्डमा पहिरो सफा गर्न र अस्थायी नाला निर्माण गर्न १ करोडका दरले ५ वटा सम्झौता भएका छन्। डीपीआर गरिएका बेला कैलालीको खुटीयादेखि दिपायलसम्मको ८४ किलोमिटर दूरीको सो द्रूतमार्ग अहिले जिरो प्वाइन्ट धनगढी बनाइएपछि १ सय ५ किलोमिटर पुगेको छ।
द्रुतमार्गको काम कहिले स्वामित्व हस्तान्तरण अवरुद्ध हुने गरेको छ त कहिले सुरुङमार्गको बनाउने भन्दै अलपत्र पार्ने गरिएको छ। सडक निर्माणको चर्चा सुरु भएको १३ वर्ष पुगिसकेको छ।

ताजा खबर

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?