मोरोसिनीदेखि एरिक्सनसम्मः मैदानमै ‘कोल्याप्स’ भएका पाँच फुटबलर
काठमाडौं । विश्व फुटबलमा कहिले कहीँ दुर्भाग्यवस खेलाडीहरू मैदानमा ढल्न गरेका छन् । जसको पछिल्लो उदाहरण युरो २०२० अन्तर्गत शनिबार राति भएको डेनमार्क र फिनल्यान्डबीचको खेलमा क्रिस्टियन एरिक्सन हुन् ।

फिजिकल फिटनेस एकदमै आवश्यक पर्ने खेल हो, फुटबल । फुटबलरले यसलाई सधैँ ध्यान दिएकै हुन्छन् । तर पनि कहिले कहीँ बिर्सनलायक दुर्घटनाबाट बच्न सम्भव हुँदैन । फुटबलको इतिहासमा धेरै पटक फुटबल खेलाडी मैदानमै ढलेका छन् । यस्तै विश्व फुटबलका पाँच दुर्घटनालाई यसरी सूचीकृत गर्न सकिन्छ ।
५. पियरमारियो मोरोसिनी

पियरमारियो मोरोसिनी इटालियन सिरी ‘बी’मा लिभोर्नोका लागि खेल्दै गर्दा पेस्काराविरुद्धको खेलका दौरान मैदानमा ढलेका थिए । पटक पटक उठ्ने कोसिस गर्दा पनि असफल भएका २५ वर्षीया मोरोसिनी खेलको ३१औं मिनेटमा ढलेका थिए । मेडिकल स्टाफले तुरुन्तै उनको उपचारका लागि मैदानमा पुगेका थिए र उनलाई अस्पताल पु¥याएको थियो । तर, उनको जीवन बचाउन मेडिकल स्टाफहरू असफल भएका थिए । उनलाई कार्डिक एरेस्ट भएको र अस्पताल पु¥याउँदा उनको मुटुको चाल बन्द भइसकेको चिकित्सकले बताएका थिए ।
४. फ्याब्रिक मुआम्बा

पियरमारियो मोरोसिनीको दुर्घटनाको एक महिना अगाडि २०१२ मार्चमा फ्याब्रिक मुआम्बा पनि त्यस्तै दुर्घटनाको शिकार भएका थिए । बोल्टन वान्डर्सका खेलाडी फ्याब्रिक एफए कपमा टोटेनह्यामविरुद्धको खेलको पहिलो हाफको अन्तिममा ढलेका थिए । २३ वर्षीया फ्याब्रिक तुरुन्तै अस्पला पु¥याइएको थियो र उनको मुटुको चाल ७८ मिनेटसम्म रोकिएको चिकित्सकले बताएका थिए । तर, उनको जीवन बचाउन चिक्सक सफल भएका थिए र दुई दिनपछि होस खुलेको थियो ।

३. च्येक टियोटे

टियोटे पनि विश्व फुटबलका एक दुर्भाग्यशाली खेलाडी साबित भए, जब उनले कार्डिक एरेस्टलाई पराजित गर्न सकेनन् । २०१७ को जुनमा चाइनिज सुपर लिगमा बेइजिङ इन्टरप्राइजेजका लागि खेलिरहेका टियोटे ३१ वर्ष पुग्न केही दिन अगाडि मैदानमा ढलेका थिए । उपचारका लागि तुरुन्तै अस्पला पु¥याएका टियोटेको केही बेरपछि मृत्यु भएको थियो । न्युक्यासल युनाइटेडका पूर्व खेलाडी टियोटेले इङ्लिस क्लबका लागि १ मात्र गोल गरेका थिए । जुन गोल आर्सनलविरुद्धको ४–४ बराबरीमा क्रममा भएको थियो ।
२. अब्देलहक नोरी

आयाक्सका खेलाडी नोरी वेर्डर ब्रिम्यानविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा मैदानमा ढलेका थिए । विश्व फुटबलमा उदाउँदा खेलाडीको रूपमा हेरिएका नोरी पनि कार्डिक एरेस्ट शिकार भएका थिए । तत्कालै उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर अस्पलाल पु¥याइएको थियो । जहाँ उनी २ वर्ष र ९ महिनासम्म कोमामा रहे । उनले दीर्षकालिन मस्तिष्क घातको शिकार हुनुप¥यो । २०२० मार्चमा उनी होसमा फर्किए र ह्विलचियरमा बस्न सक्ने भएका छन् । उनी अहिले परिवारसँगै छन् ।
१. क्रिस्टियन एरिक्सन

डेनिस प्लेमेकर एरिक्सन युरो २०२० को समूह बी अन्तर्गत फिनल्यान्डविरुद्धको खेलको ४२औं मिनेटमा ढलेका थिए । रिपोर्टका अनुसार उनलाई पनि हृदयघात भएको हो । मैदानमा ढल्ने बित्तिकै आफ्नो टोलीका खेलाडीले घेरिएका उनलाई मेडिकल टोलीले सीपीआर दिइएको थियो ।

चिकित्सकले केहीबेरमै एरिकसनलाई होसमा ल्याउन सफल भएका थिए । र, उनलाई तत्कालै नजिकको अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अहिले पनि उनको उपचार जारी छ र स्वास्थ्यमा क्रमिक सुधार आइरहेको डेनमार्क फुटबल संघले बताएको छ ।

ताजा खबर

गणतन्त्र दिवस, राष्ट्रिय एकता आजको आवश्यकता : रावल

 धनगढी १५ जेठ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा...

होली फेमिली इङ्लिस मिडियम स्कुलमा अन्तर माध्यमिक टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर १४ जेठ कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तिल्केनीस्थित हाेली फ्याम्ली अंग्रेजी...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर १४ जेठ  कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

रोयल दरबार होटल घटनामा प्रहरीको भूमिकामाथि प्रश्न, पीडित पक्षले गर्याे लापरवाहीको आरोप

कञ्चनपुर १३ जेठ भीमदत्त नगरपालिकाको भाषिमा रहेको रोयल दरबार होटलमा...

मेधाबीका विद्यार्थीहरुद्धारा नेपाल दुरसंचार प्राधिकरणको कार्यालय अवलोकन

कञ्चनपुर १३ जेठ कञ्चनपुरमा रहेको मेधाबी सेकेन्ड्री स्कुलले कक्षा ९...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?