एसइईको नतिजा साउन १५ भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं– यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी साउन १५ भित्र आउने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गर्ने जानकारी दिएको हो। गत वर्ष जस्तै यस वर्ष पनि बोर्डले एसइईका विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनको आधारमा तयार गर्दैछ।

विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको हो।

बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि पौडेलले एसइईका नतिजा साउन १५ सम्म आइसक्ने र भदौबाट विद्यार्थीको कक्षा ११ को पठनपाठन सुरु हुने जानकारी दिए। साउन १५ सम्ममा नजिता सार्वजनिक गर्न बोर्डले एसईईको मूल्याङकन असार २० गतेभित्र पठाउन विद्यालयहरुलाई निर्देशन गरेको छ।

परीक्षा बोर्डको बैठकले मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउन निर्देशन गरेको हो।

ताजा खबर

गणतन्त्र दिवस, राष्ट्रिय एकता आजको आवश्यकता : रावल

 धनगढी १५ जेठ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा...

होली फेमिली इङ्लिस मिडियम स्कुलमा अन्तर माध्यमिक टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर १४ जेठ कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तिल्केनीस्थित हाेली फ्याम्ली अंग्रेजी...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर १४ जेठ  कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

रोयल दरबार होटल घटनामा प्रहरीको भूमिकामाथि प्रश्न, पीडित पक्षले गर्याे लापरवाहीको आरोप

कञ्चनपुर १३ जेठ भीमदत्त नगरपालिकाको भाषिमा रहेको रोयल दरबार होटलमा...

मेधाबीका विद्यार्थीहरुद्धारा नेपाल दुरसंचार प्राधिकरणको कार्यालय अवलोकन

कञ्चनपुर १३ जेठ कञ्चनपुरमा रहेको मेधाबी सेकेन्ड्री स्कुलले कक्षा ९...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?