एसइईको नतिजा साउन १५ भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं– यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी साउन १५ भित्र आउने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गर्ने जानकारी दिएको हो। गत वर्ष जस्तै यस वर्ष पनि बोर्डले एसइईका विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनको आधारमा तयार गर्दैछ।

विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको हो।

बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि पौडेलले एसइईका नतिजा साउन १५ सम्म आइसक्ने र भदौबाट विद्यार्थीको कक्षा ११ को पठनपाठन सुरु हुने जानकारी दिए। साउन १५ सम्ममा नजिता सार्वजनिक गर्न बोर्डले एसईईको मूल्याङकन असार २० गतेभित्र पठाउन विद्यालयहरुलाई निर्देशन गरेको छ।

परीक्षा बोर्डको बैठकले मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउन निर्देशन गरेको हो।

ताजा खबर

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?