सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम पारित ः ऐमालेको बिरोध, काँग्रेस मौन,राजपा अनुपस्थित

कञ्चनपुरः सुदूरपश्चिम प्रदेश सरकारको ल्याएको नीति तथा कार्यक्रममा नेकपा ऐमालेले बिरोध गरेको छ भने नेपाली काँग्रेस मौन बसेको छ । राजपाका दुई जना प्रदेश सदस्य नीति तथा कार्यक्रमको बैठकमै सहभागि भएनन् ।

सुदूरपश्चिम प्रदेश सभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा नेकपा ऐमालेका सात जनाले असहमती जनाएको छ । काँग्रेस भने मौन बसेको थियो ।

अहिले सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका १३, माधव समुह ऐमालेका १७, नेपाली काँग्रेसका १२, एमालेका ७ र राजपाका दुई जना प्रदेश सदस्य रहेका छन् ।

सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुअघि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । यसअघि आइतबार बिहान एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

गत बिहीबार प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ‘प्रस्तुत नीती तथा कार्यक्रममा नेकपा ऐमालेको बिमती रहेकोले हामीले बिरोध गरेका हौ’– एमोलेका प्रदेश सदस्य पठान सिह बोहराले बताए । उता राजपाका दुई जना प्रदेश सदस्य नीति तथा कार्यक्रमको बैठकमै सहभागि भएनन् ।

‘अहिले नेकपा बिभाजन भईसकेपछि राजनीतिक भविश्य अन्यौल देखिएको छ’ नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता डा। राणबहादुर रावलले भने–‘दुई समुहको लडाईमा हामीले समर्थन र बिरोध गर्नुको कुनै औचित्य छैन ।’

एमालेमा अधिकारिकताका बिषयमा नै प्रश्न चिन्ह देखिएकोले दुई समुहको नाटक मञ्चनमा काँग्रेसको मत राख्नु भनेको जनताको मतको अबमुल्यन हुन्छ काँग्रेस संसदीय दलका नेता डा. रावलले बताए ।

सुदूरपश्चिम प्रदेशमा एमाले माधव नेपाल पक्ष र माओवादी केन्द्रको सयुक्त सरकार छ । प्रमुख प्रतिपक्षी दल रहेको नेपाली काँग्रेसले पनि पछिल्लो समय प्रदेश सभामा सरकारलाई मौन समर्थन गर्दै आएको छ ।

नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुला भएको छ । प्रदेश सरकारहरूले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?