सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम पारित ः ऐमालेको बिरोध, काँग्रेस मौन,राजपा अनुपस्थित

कञ्चनपुरः सुदूरपश्चिम प्रदेश सरकारको ल्याएको नीति तथा कार्यक्रममा नेकपा ऐमालेले बिरोध गरेको छ भने नेपाली काँग्रेस मौन बसेको छ । राजपाका दुई जना प्रदेश सदस्य नीति तथा कार्यक्रमको बैठकमै सहभागि भएनन् ।

सुदूरपश्चिम प्रदेश सभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा नेकपा ऐमालेका सात जनाले असहमती जनाएको छ । काँग्रेस भने मौन बसेको थियो ।

अहिले सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका १३, माधव समुह ऐमालेका १७, नेपाली काँग्रेसका १२, एमालेका ७ र राजपाका दुई जना प्रदेश सदस्य रहेका छन् ।

सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुअघि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । यसअघि आइतबार बिहान एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

गत बिहीबार प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ‘प्रस्तुत नीती तथा कार्यक्रममा नेकपा ऐमालेको बिमती रहेकोले हामीले बिरोध गरेका हौ’– एमोलेका प्रदेश सदस्य पठान सिह बोहराले बताए । उता राजपाका दुई जना प्रदेश सदस्य नीति तथा कार्यक्रमको बैठकमै सहभागि भएनन् ।

‘अहिले नेकपा बिभाजन भईसकेपछि राजनीतिक भविश्य अन्यौल देखिएको छ’ नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता डा। राणबहादुर रावलले भने–‘दुई समुहको लडाईमा हामीले समर्थन र बिरोध गर्नुको कुनै औचित्य छैन ।’

एमालेमा अधिकारिकताका बिषयमा नै प्रश्न चिन्ह देखिएकोले दुई समुहको नाटक मञ्चनमा काँग्रेसको मत राख्नु भनेको जनताको मतको अबमुल्यन हुन्छ काँग्रेस संसदीय दलका नेता डा. रावलले बताए ।

सुदूरपश्चिम प्रदेशमा एमाले माधव नेपाल पक्ष र माओवादी केन्द्रको सयुक्त सरकार छ । प्रमुख प्रतिपक्षी दल रहेको नेपाली काँग्रेसले पनि पछिल्लो समय प्रदेश सभामा सरकारलाई मौन समर्थन गर्दै आएको छ ।

नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुला भएको छ । प्रदेश सरकारहरूले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

ताजा खबर

ब्रह्मदेव–टुँडिखेल सडक र वडा सचिवको माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

कञ्चनपुर २ असार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९...

भीमदत्त–८ मा निःशुल्क आँखा शिविर, ४ सय ४४ जनाले लिए सेवा

कञ्चनपुर ३० जेठ विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति...

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?