बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का सुरु हुने तर वर्षौँसम्म सम्पन्न नहुने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ।

सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले क्रमागत तथा बहुवर्षीय ठेक्काहरूलाई आवश्यकताको अवस्था र प्राथमिकताका आधारमा अगाडि बढाइने बताउनुभयो।

प्रदेशका कतिपय सडक आयोजना ठेक्का लागेर पनि लामो समयदेखि अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै उहाँले आयोजना कार्यान्वयनपूर्व आवश्यक साइड क्लियरेन्स, सुरक्षा तथा अन्य व्यवस्थापनका काम सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। यस्ता समस्या समाधान भए निर्माण कार्यले गति लिने उहाँको भनाइ थियो।

मुख्यमन्त्री भट्टले निर्माण क्षेत्रसँग सम्बन्धित नीतिगत तथा कानुनी समस्या समाधान गर्ने जिम्मेवारी राज्यको भएको बताउँदै निर्माण व्यवसायीहरूले पनि सम्झौताअनुसारका काम समयमै सम्पन्न गर्न तदारुकताका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

प्रदेश सरकारले लामो समयदेखि अड्किएर रहेका सडक तथा अन्य पूर्वाधार आयोजनालाई तदारुकताका साथ अघि बढाउने संकल्प गरिसकेको बताउँदै मुख्यमन्त्री भट्टले अब निर्माण कार्यलाई निश्चित गति र परिणाममुखी ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले प्रदेशको विकास निर्माणलाई प्रभावकारी बनाउन सरकार र निर्माण व्यवसायीबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?