कोरोना संक्रमितलाई हौसला दिन घरदैलोमा उपाध्यक्ष

जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढाले गाउँपालिका भित्रका कोरोना संक्रमितको मनोबल उचो बनाउन घरदैलो अभियान थालेकी छिन्। उनले संक्रमितको अवस्था बुझ्दै संक्रमितका परिवारलाई सहानुभूति दिदै आएकी हुन्।

कोरोना कहरको पहिलो चरणमा सचेतना कार्यक्रम लिएर जनताको घरदैलोमा पुगेकी उपाध्यक्ष बुढाले दोस्रो लहरमा संक्रमितलाई भेटेर कोरोना संक्रमण फैलन नदिनको लागि उच्च सतर्कता अपनाउन आग्रह गरिन्।

गाउँपालिकाका स्वास्थ्यकर्मी लिएर स्वास्थ्य परामर्श दिदै लक्षण अनुसारको औषधि उपलब्ध गराउदै आएकी हुन्। उनले संक्रमितलाई एक क्यारेट अण्डा, औषधि र स्वास्थ्य परामर्श दिदै आएको बताइन्। उनले भनिन्,‘कोरोना संक्रमित भन्ने वित्तिकै गाउँमा फरक तरिकाले हेर्ने गरिन्छ। कोरोना एक प्रकारको रोग हो। रोग लाग्दैमा मान्छे मर्दैन्। तर कोरोना देखिएको बेला अत्यधिक लापरवाही गरेको खण्डमा ज्यान पनि जान सक्छ। त्यसैले संक्रमित र संक्रमित परिवारले सचेत हुन जरुरी छ। त्यही सचेत पार्न घरदैलो अभियान सुरु भएको छ। ’

उपाध्यक्ष बुढा स्वास्थ्य संयोजक गणेशबहादुर शाही, अहेब उत्तम देवकोटा पनि संक्रमितको घरदैलोमा जाने गरेका छन्। उपाध्यक्ष बुढाले भनिन्,‘कोरोना सामुहिक समस्या भएकोले सामुहिक रुपमा प्रतिरोध गर्नुपर्छ। स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्छ। ’

उनले संक्रमितको स्वास्थ्यमा जटिल प्रकारको समस्याआउने वित्तिकै खबर गर्न आग्रह गरिन्। उनले भनिन्,‘कोरोना संक्रमणका कारण दिनहुँ ज्यान गइरहेको छ। जटिल समस्या आएपछि खबर गर्नुहोला अस्पताल सम्म लैजाने व्यवस्था स्थानीय सरकारले गर्नेछ। साथै स्वास्थ्य उपचारको प्रबन्ध पनि।’

होम आइसोलेसनमा बसेका संक्रमितले उच्च सतकर्ता अपनाउनु पर्ने उनले बताइन्। ’यहाँका संरचना होमआइसोलेसन मैत्री छैनन्। संक्रमित भएर घरमा बस्नेले सबैभन्दा बढि ध्यान दिनुहोला। उनले भनिन्। ’

गाउँपालिकाको ४ का चार जना, ३ को १ जना,र ७ को दुई जनालाई घर दैलोमा पुगेर स्वास्थ्य परामर्श दिने काम भएको उनले बताइन्। तिला गाउँपालिका ३ का होम आइसोलेसनमा बसेका संक्रमित दत्त गिरीले घरदैलोमा पुगेर संक्रमितको मनोबल उचो बनाउने कार्य गरेकोमा खुसि व्यक्त गरे।

तिला गाउँपालिकाका स्वास्थ्य संयोजक गणेबहादुर शाहीले घरदैलोमा पुगेर संक्रमितालाई उर्जा दिने काम उदाहरणीय भएको बताए। गाउँपालिकामा २५ बेडको आइसोलेसन र ५ बेडको कोभिड अस्पताल अक्सिजन र चिकित्सक सहित सञ्चालनमा छ।

कोरोना संक्रमणले अप्रिय घटना नहोस भन्नेमा चिन्तित छौँ, उनले भनिन्,‘जसका लागि गाउँमा रहेका स्वास्थ्यकर्मी र गाउँपालिकाको स्वास्थ्य शाखालाई परिचालन गरिएको छ। गाउँपालिका भित्र ३ ठाउँमा हेल्थ डेस्क राखिएको छ।

तिला गाउँपालिकामा ९ वटा वडा छन्। ३४ बस्ती छन्।जिल्ला बाहिरबाट गाउँपालिकामा प्रवेश गर्ने जो सुकैलाई जुम्ला कालिकोटको सिमानामा जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले राखेको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरेर मात्र प्रवेश गर्न सुचित गराइन।

गाउँपालिका भित्र हरेक गाउँमा एक सुचना सम्प्रेषण व्यक्ति राखेको छ। गाउँपालिका ११ जना संक्रमित छन्। एक जना कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचार गराइरहेका छन्। संक्रमितको रिर्पोट नेगेटिभ आइसकेको छ।

ताजा खबर

न्यूनतम पारिश्रमिकभन्दा आधा तलबमा काम गर्दै भीमदत्तका निजी स्रोत शिक्षक

कञ्चनपुर — भीमदत्त नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा निजी स्रोतबाट कार्यरत...

बालविवाह अन्त्यका लागि सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर, ७ भदौ  बालविवाह अन्त्यका लागि सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम...

जनश्रमदानबाट क्रिकेट अभ्यास पिच निर्माण, युवालाई खेलकुदमार्फत सकारात्मक बाटोमा जोड्ने अभियान

कञ्चनपुर, ६ भदौ  भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जनश्रमदानमा क्रिकेट अभ्यास पिच...

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?