पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा २९३ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

कञ्चनपुरः सुदूरपश्चिम प्रदेशमा बुधबार १ हजार २०३ जना निको भएर घर फर्केका छन् भने थप ६ जनाको मृत्यु भएको छ। कञ्चनपुरका र कैलालीका १्/१ जना, डडेल्धुरा र बाजुरामा २/२ जना गरि ६ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा ६४४ नमुना पीसीआर तथा ५ वटा सीमानाकामा ९२० नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परिक्षणमा २९३ जनामा संक्रमण पुस्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २६० जनाको नमूना परीक्षण गर्दा ५४ जना, महाकाली अस्पतालमा ७८ नमूना परीक्षण गर्दा २१ जना, डडेल्धुरा अस्पतालमा १६० जनाको नमुना परीक्षण गर्दा ४० जना, बझाङमा ४३ जनाको नमुना परिक्षण्ढा गर्दा २२ जना, डोटी अस्पतालमा ४२ जनाको परिक्षाण गर्दा २७ जना र अछामको कमलबजार प्रोगशालामा ६१ जनाको परिक्षण गर्दा २८ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख २९ हजार ३३८ नमूना परीक्षण गर्दा ४० हजार २४८ जनामा संक्रमण पुस्टि भएको छ। हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका २६ हजार ८०१ जनाले कोरोना जितेका छन् भने, ५१२ जनाको मृत्यु भएको छ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?