सेती प्रादेशिक अस्पताल आईसियु वार्ड भगवानको भरोसामा

धनगढी, १४ जेठ । कोरोना संक्रमण पछि ज्यान जोगाउनका लागि आफन्तजनहरु संक्रमितलाई सेती प्रादेशिक अस्पताल पुर्याउछन । तर आईसियुमा हुने लापरबाही र वेवास्ताले संक्रमितहरुले त्यही आईसियुमा ज्यान गुमाईरहेका छन ।

हिजो सेती प्रादेशिक अस्पतालमा आफ्ना बुवालाई गुमाएका व्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन रामसिंह चौधरीले गुनासो गर्दै भने, खाली आईसियु मात्र छ । न त्यहाँ डाक्टर आउछन । न त बिरामीलाई कसैले हेर्छन । अक्सिजनको प्रेसर हेरिदिने भने कोही हुदैनन ।

आईसियुमा भएको संक्रमित अक्सिजनको कमि भएर छटपटाईरहेको हुन्छ । तर उसको अक्सिजन प्रेसर बढाई दिने वा अक्सिजन सकिएपछि तत्काल फेरि दिने कोही हुदैन, उनले भने, त्यही कारण पनि आईसियुमा मृत्यु हुने संक्रमितहरुको दर बढेको बताए ।

आफ्ना बुवालाई सेती प्रादेशिक अस्पतालको आईसियुमा राखेपछि भोगेको नमिठो अनुभव सुनाउदै रामसिंह चौधरीले भने, अक्सिजन सिलिण्डर मध्यराति बोकेर अस्पतालको अगाडिबाट ल्याउनुपर्छ । आईसियु अस्पतालको पछाडि छ ।

अझ एक जनाले त अक्सिजन बोकेर ल्याउन पनि सक्दैन । राति कुनै साधन पनि मिल्दैन । अक्सिजन मुस्किलले ल्याएपनि त्यसलाई जोडि दिने कोही हुदैन । मैले जसरी भएपनि बुवाको ज्यान जोगाउन कोसिस गरे ।

अक्सिजन आफै ल्याए । र त्यो अक्सिजनको रेगुलेटर आफै जोड्थे । र आईसियुमा भएका अरुलाई पनि अक्सिजन जोड्न आउदैनथ्यो । र सबैको अक्सिजन जोडिदिन्थे । आईसियु र अक्सिजन पाए पनि मैले बुवालाई जोगाउन सकेन । आईसियु भित्र केयर, सपोर्ट र उपचार गर्ने चिकित्सक भएको भए मेरो बुवाको मृत्यु हुदैनथियो । अरु पनि थुप्रैको ज्यान जोगिने थियो ।

कतिपय पुरुषका कुरुवा महिला हुन्छन । ती महिलाले अक्सिजन ल्याएर जडान गर्न सक्ने अवस्था नै छैन, उनले भने, रातिको समयमा अक्सिजनको सहज आपूर्तिको व्यवस्था गरिदिए वा एउटा अटो रिक्सा राखि दिएको भए हामी आफै पनि अक्सिजन ल्याउन सक्थ्यौ ।

उनले आईसियुमा संक्रमितहरु भगवान भरोसामा बाँचेको सुनाए । सेति प्रादेशक अस्पतालका मेसु डा. हेमराज पाण्डेले २४ घन्टा नै सक्रमितको हेरचहका लागि नर्सिङ स्टाफहरु खटाएको दाबि गर्नु भयो ।

सेति प्रादेशिक अस्पतालमा १० बेड आईसीयूका कोरोना सक्रमितका लागि राखिएको बताउदै उनले सबै बेडका लागि स्टाप नराखिएको भएपनि ४ जनाको दरले नर्सिङ स्टाफ २४ घन्टा नै राखिएको बताए ।

उनले कहिले काहि बिरामिहरु सिरीयस हुदा नर्सिङ स्टाफहरु पिपिइ नलगाई जाने गरेको कारण नचिनिएर गुनासो आउने गरेको बताए ।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?