जारी निषेधाज्ञा थप एक हप्ता थप गर्ने निर्णय, हिँडडुलमा कडाइ

काठमाडौं, जेठ ११ गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । वैठकले उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको गर्ने निर्णय गरेको छ । अव जारी थपिएको निषेधाज्ञामा तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न पाइने भएको छ ।

यस यस अघि खुल्दै आएका किराना पसल, डिपार्टमेन्टल स्टोल भने बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिनुभयो । यसै गरि वैठकले निजी र सार्वजनिक निर्माणको काम बन्द गर्ने निर्णय गरेको छ । विहान मनिङवाक र वेलुका वाक गर्न रोक र अनावश्यक रुपमा हिड्नेलाई कारवाही जरिवाना हुने समेत उहाँले जानकारी दिनुभयो । निषेधाज्ञा थप गर्ने र निषेधाज्ञालाई कडाईका साथ कार्यान्वयन गर्ने विषयमा आजको वैठकमा निर्णय भएको भट्टराईले जानकारी दिनुभयो ।
पछिल्लो समय कोरोनाको संक्रमणको दर अपेक्षित रुपमा घटन नसके पछि जारी निषेधाज्ञालाई कडाई गर्ने निर्णय गरिएको हो ।
निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन निर्णय भएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ १३ गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएको गरिएको थियो ।
यस्तो छ कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश
निषेधाज्ञाको पालना नगर्नेलाई एक वर्षसम्मको कैद, पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने प्रावधान छ ।
काठमाडौ जिल्ला प्रशासन कार्यालयले हिजो एक सूचना गर्दै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई उक्त सजाय हुन सक्ने जानकारी दिएको थियो । प्रशासनले जारी गरेको सूचनामा अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीनलाख रुपैयाँ वा दुबै सजाय हुनसक्ने समेत जनाइएको छ ।
यसै गरि अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एकलाख रुपैयासम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँचलाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुनसक्ने छ ।
। मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ जरिवाना हुने बताइएको छ ।
अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना हुने प्रशासनले जनाएको छ । यसै गरि त्यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले होल्ड गर्न सक्ने छन् ।
अध्यादेशको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनाको लागि सम्म बन्द गर्न आदेश दिन सक्ने जारी सूचनामा उल्लेख ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?