त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिन आग्रह

काठमाडौं: त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले कोरोनाले रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिन आग्रह गरेको छ।

कार्यालयले सोमबार एक सूचना जारी गरि यस्तो आग्रह गरेको हो।

‘रोकिएको परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैलाई यसैमा केन्द्रित भई अगाडि बढ्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आफ्ना विभाग,क्याम्पस,स्कुल तथा डीन कार्यालयको सम्पर्कमा आउन हार्दिक अनुरोध गर्दछु,’ उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाद्वारा जारी सूचनामा भनिएको छ।

त्यस्तै, पठनपाठन अवरुद्ध हुन नदिनका लागि वैकल्पिक विधिमार्फत सुचारु भैरहेका कक्षाहरूलाई निरन्तरता दिन र सञ्चालन हुन बाँकी रहेका कक्षाहरू सुचारु गर्न पनि त्रिविले आग्रह गरेको छ।​

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?