अस्पतालमा तत्काल अक्सिजन प्लान्ट जोड्न मन्त्री आलेको निर्देशन

डोटी,११ जेठ । केन्द्र सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेमगरले डोटी जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रक्रिया तत्काल थाल्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

जिल्लामा अक्सिजनको अभाव भएपछि केन्द्र सरकारले बजेट विनियोजन गरिसकेको भन्दै अक्सिजन प्लान्टको सञ्चालनमा विलम्ब नगर्न निर्देशन दिएका हुन् । मन्त्री आलेले जिल्लामा अक्सिजनको अभाव नहोस् भन्नको लागि आफूले अर्थमन्त्रीसँग अनुरोध गर्दै अक्सिजन प्लाण्टका लागि एक करोड ५० लाख रकम विनियोजन गराएको बताए ।

अक्सिजन लगायत महामारी नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामग्रीसहित सोमवार गृहजिल्ला डोटी पुगेका आलेले सरकार महामारी नियन्त्रणका लागि सक्रियतापूर्वक लागिरहेको वताए ।

कोभिड रोकथामका लागि अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्णमा धन्यवाद दिँदै उच्च मनोबलका साथ काम गर्न समेत मन्त्री आलेले आग्रह गरे ।उनले आफुले पनि सकेजति व्यक्तिगत रुपमा जनताको पक्षमा काम गरिहेको बताए ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?