अस्पतालमा तत्काल अक्सिजन प्लान्ट जोड्न मन्त्री आलेको निर्देशन

डोटी,११ जेठ । केन्द्र सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेमगरले डोटी जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रक्रिया तत्काल थाल्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

जिल्लामा अक्सिजनको अभाव भएपछि केन्द्र सरकारले बजेट विनियोजन गरिसकेको भन्दै अक्सिजन प्लान्टको सञ्चालनमा विलम्ब नगर्न निर्देशन दिएका हुन् । मन्त्री आलेले जिल्लामा अक्सिजनको अभाव नहोस् भन्नको लागि आफूले अर्थमन्त्रीसँग अनुरोध गर्दै अक्सिजन प्लाण्टका लागि एक करोड ५० लाख रकम विनियोजन गराएको बताए ।

अक्सिजन लगायत महामारी नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामग्रीसहित सोमवार गृहजिल्ला डोटी पुगेका आलेले सरकार महामारी नियन्त्रणका लागि सक्रियतापूर्वक लागिरहेको वताए ।

कोभिड रोकथामका लागि अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्णमा धन्यवाद दिँदै उच्च मनोबलका साथ काम गर्न समेत मन्त्री आलेले आग्रह गरे ।उनले आफुले पनि सकेजति व्यक्तिगत रुपमा जनताको पक्षमा काम गरिहेको बताए ।

ताजा खबर

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधा ओझाको निर्विरोध यात्रा, आगामी यात्राका लागी पार्टीसँग परामर्श गर्ने

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा...

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?