एसईईको टुङ्गोपछि शैक्षिक सत्रको निधो

काठमाडौँ, जेठ ११ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय हुने भएको छ । एसईईले समग्र शैक्षिक कार्यक्रम नै प्रभावित पार्ने भएकाले नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केही समय पर्खने भएको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिक सत्र असारदेखि प्रारम्भ गर्ने निर्णय सरकारले गरे पनि कोरोना महामारीका कारण अवस्था फेरिन सक्ने बताउनुभयो । सङ्क्रमण कसरी जान्छ भन्ने आधारमा नै धेरै कुराको टुङ्गो लाग्ने उहाँको भनाइ छ ।

एसईईबारे अध्ययन जारी
एसईई परीक्षा सञ्चालन सम्बन्धमा अध्ययन गर्न राष्ट्रिय परीक्षा बोर्डबाट गठित कार्यदल अध्ययन र सुझाव सङ्कलन गर्ने क्रममै रहेको जनाइएको छ । मन्त्रालयका प्रवक्ता शर्माले अध्ययन कार्यदलले प्रतिवेदन बोर्डमा पेस गर्ने र बोर्डको सिफारिस प्राप्त भएपछि यस विषयमा निर्णय हुने जानकारी दिनुभयो ।
यसअघि सरकारले जेठ १३ देखि एसईई सञ्चालन गर्ने निर्णय गरेको थियो तर कोभिड सङ्क्रमण बढेपछि अर्को सूचना नभएसम्म परीक्षा रोकिएको छ । कक्षा १२ को परीक्षा पनि हाल रोकिएको छ ।

फरक–फरक अभ्यास
नयाँ शैक्षिक सत्रको सुरुआत तथा हालको शैक्षिक सत्रमा पठनपाठनका सम्बन्धमा स्थानीय तहका फरक–फरक अनुभव आएको मन्त्रालयले जनाएको छ । केही स्थानीय तहले पठनपाठन पूरा गरी परीक्षासमेत लिइसकेको तर ढिलो गरेर पठनपाठन सुरु गरेका स्थानीय तहमा भने पठनपाठन नै पूरा हुन नसकेको जानकारी आएको प्रवक्ता शर्माले बताउनुभयो ।
कोरोनाका कारण केही स्थानीय तहमा कात्तिकपछि त केहीमा त्यसभन्दा पनि ढिलो पठनपाठन सुरु भएका कारण एकरूपता कायम हुन नसकेको उहाँको भनाइ छ । ढिला गरी पठनपाठन सुरु भएका स्थानीय तहका विद्यालयले अन्तिम वार्षिक परीक्षासमेत लिन बाँकी छ ।
सरकारले जेठभित्र अन्तिम वार्षिक परीक्षा सक्न र असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने कार्यतालिका बनाएको थियो । विद्यार्थीको सिकाइ उपलब्धि हासिल हुन नसक्ने भन्दै सरकारले चैतमा सकिने शैक्षिक सत्र यस पटकको जेठसम्म पु–याउने निर्णय गरेको थियो । शैक्षिक सत्र दुई महिना लम्ब्याइए पनि दोस्रो लहरको सङ्क्रमण फैलिएपछि त्यो योजनासमेत कार्यान्वयन हुन समस्या आएको छ ।

ताजा खबर

शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण 

कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका...

स्थानीय सरकारले वेवास्ता गरेपछी युवा आफै जुटे सडक मर्मतमा

कञ्चनपुर ३२, असार स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी...

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१ कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन...

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

सञ्जु महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको...

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?