गणतन्त्र दिवस जनताको चाड: प्रम

काठमाडौँ, जेठ ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महìवको गणतन्त्र दिवसलाई जनताको चाडका रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसलाई कर्मकाण्डी रूपमा नभई जनताको चाडका रूपमा मनाउने र संविधान दिवसलाई अझ असाधारण र विशेष रूपमा मनाउनुपर्ने बताउनुभयो । “हामीले गणतन्त्र प्राप्ति, त्यसका उपलब्धिलाई ओझेलमा पर्न दिनु हुँदैन । विस्मृतिमा जान दिनु हुँदैन । शहीदको बलिदानलाई बिर्सन सकिँदैन । बिर्सिन मिल्दैन”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले मुलुक कोरोनाको त्रास र पीडामा रहेका बेला खुसियालीका साथ मनाउने समय यस पटकका लागि कम भए पनि गणतन्त्र दिवसको महत्त्व, गरिमा तथा यसले ल्याएका परिवर्तनको स्मरण र सम्मान गर्नैपर्नेसमेत बताउनुभयो । “त्यसैले गणतन्त्रको अर्थ र महत्त्वका सम्बन्धमा अन्तक्र्रिया र परिसंवादजस्ता कार्यक्रम बढी मात्रामा गरौँ । चर्चा–परिचर्चा गरौँ”, उहाँले भन्नुभयो ।
गणतन्त्र जन्मिँदै विशिष्ट हुने वा जन्मिँदै ‘नाति जर्नेल’ हुने र शासक हुने प्रणाली नभई कर्मबाट र जनताको विश्वासबाट स्थापित हुने प्रणाली भएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । “जन्मसिद्ध श्रेष्ठता अवैज्ञानिक कुरा हो, भ्रम हो, पाखण्ड हो । अब त्रास, भय, लोभ र अन्धविश्वासमा परेर वशिभूत पार्ने कुरा विज्ञानसम्मत र न्यायसम्मत हुँदैन । आज जन्मिएको साधारण बच्चा पनि मुलुकको सर्वोच्च स्थानमा पुग्न सक्छ, पुग्न पाउनुपर्छ”, उहाँले सविस्तार भन्नुभयो ।
गणतन्त्रमा सत्य र तथ्यका आधारमा हिँड्ने समाज आवश्यक रहेको बताउनुहुँदै उहाँले अहिलेको राजनीतिक परिपाटीमा अस्वस्थ प्रतिस्पर्धा रहेकोसमेत बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “अरूको चरित्र हत्या गरेर आफू अगाडि बढ्ने प्रवृत्ति देखिएको छ । यो असत्यको मार्ग हो र अलोकतान्त्रिक हो ।”
गणतन्त्रबिनाको लोकतन्त्र पूर्ण लोकतन्त्र हुन नसक्ने बताउनुहुँदै उहाँले कसैप्रति जन्मजात घोषणाका आधारमा नतमस्तक हुने परिपाटी लोकतन्त्र नहुनेसमेत बताउनुभयो । अहिले जनता पीडामा छन् र जनताको पीडालाई सरकारले बोध गरेको बताउनुहुँदै उहाँले यो गणतन्त्र दिवसमा उल्लासमय कार्यक्रम नगरिए पनि राष्ट्रियता झल्काएर, राष्ट्रिय गान गाएर र विद्युतीय माध्यमहरूबाट बढी मात्रामा छलफल र अन्तक्र्रिया चलाएर मनाउनुपर्ने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो दिवसको महìवलाई युवा पुस्ता र बालबालिकासम्म पुग्ने गरी मनाउनुपर्छ । यसलाई आत्मसात् गर्ने गरी बुझाउनुपर्छ । एउटा वर्ग हिजोको अवस्था हेरेर भ्रम फैलाउन खोज्दै छ । अर्को वर्ग हिजोको सुखसुविधा सम्झेर मुख मिठ्याउँदै छ । एउटा वर्ग त्यसप्रति बेखबर हो कि भन्ने जस्तो देखिन्छ ।”

ताजा खबर

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ २५ वैशाख  माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?