संसद विघटनको प्रतिरोध गर्न पाँच विद्यार्थी संगठनको आह्वान

९ जेठ, काठमाडौं । पाँच विद्यार्थी संगठनहरुले सरकारले जनस्वास्थ्यमाथि गरेको खेलवाड र संसद विघटनको निर्णयको प्रतिरोध गर्न आह्वान गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चाका विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्ति निकालेर सो आह्वान गरेका हुन् ।

‘कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिएको कारण अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्यमाथिको गम्भीर खेलवाड र अपराध हो,’ उनीहरुले भनेका छन् ।

‘सर्वोच्च अदालतले पुनःस्थापना गरेको संसदको दोस्रो पटकको विघटन सर्वभौम जनतामाथि गरिएको निरंकूश र अधिनायकवादी डकैती हो,’ संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट संसद विघटनको घोर निन्दा र भर्त्सना गर्दछौं ।’

उनीहरुले सरकारले जनतामाथि गरेको भन्दै उनीहरुले आ–आफ्नो ठाउँबाट प्रतिरोध गर्न सम्पूर्ण विद्यार्थी तथा आम जनसमुदायमा अनुरोध गरेका छन् ।

संयुक्त विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियू (माधव नेपाल पक्ष)का अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर छ ।

ताजा खबर

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

शनिवार वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै पावर अफ युथ समुह

कञ्चनपुरमा रहेको पावर अफ युथले वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?