स्वास्थ्य मापदण्ड पालन नगर्दा म्याग्दीका गाउँ-गाउँमा फैलियो कोरोना संक्रमण

म्याग्दीः हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा संक्रमणको दर उच्च देखिएको छ। जिल्ला सदरमुकाम बेनीबजारसँग जोडिएका गाउँका साथै अन्य गाउँहरुमा पनि संक्रमण तीव्र गतिमा फैलिएको छ।

बेनी नगरपालिकाको ज्यामरुककोट, रत्नेचौर, भकिम्ली, सिंगा, डम्मरा, पुलाचौर, मंगलाघाटका साथै ६ वटै स्थानीय तहमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ। म्याग्दीमा दैनिक १०० भन्दा बढी कोरोना सङ्क्रमित देखिन थालेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ।

म्याग्दीमा अहिले १ हजार ३०१ जना संक्रमित छन्। मालिका, मंगला, रघुगंगा, धौलागिरि र अन्नपूर्ण गाउँपालिकामा पनि संक्रमण बढ्दो रहेको स्थानीय तहका प्रमुखहरुले बताएका छन्। संक्रमितमध्ये प्रायमा लक्षण देखिएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

पछिल्लो एक महिनाको अवधिमा गाउँघरमा संक्रमणको दर तीव्र गतिमा फैलिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। उनले गाउँमा बिरामीहरु बढिरहेको, समयमा परीक्षण नहुँदा, परीक्षण भएकाहरुको पनि रिपोर्ट समयमा नै नआउँदा सक्रमणको जोखिम झन् बढेको बताए।

‘कोरोना निकै फैलिन थालेको छ। गाउँमा मानिसहरु बिरामी पर्न थालेको धेरै लामो समय भएको छैन, बैशाखमा बिहे भोज भतेर भयो, भिडभाड हुने गतिविधिमा सबै गाउँले सहभागी भए,’ उनले भने, ‘त्यसबाटै सर्बत्र कोरोना संक्रमण फैलिन थाल्यो, अहिले गाउँमा धेरै मानिसहरु बिरामी छन्।’

बेनी नगरपालिका–२ ज्यामरुककोटमा पनि संक्रमण दर ह्वात्तै बढेको छ। यहाँ अहिले २६ जना सक्रिय संक्रमित छन्। एकै वडामा दर्जनांैको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ। तर, परीक्षणको दायरा साँघुरो नै रहेको स्थानीयहरुको गुनासो छ।

पछिल्लो साताको अवस्थालाई हेर्दा गाउँमा कोरोना संक्रमण डर लाग्दो हिसाबले फैलिएको बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुँवरले बताए।

गाउँगाउँमा संक्रमितहरु बढ्न थालेपछि स्थानीय जनप्रतिनिधिहरु चिकित्सकसहित गाउँगाउँमा पुग्न थालेका छन्। उनीहरुले स्वास्थ्य सामग्री, औषधि र संक्रमितहरुका लागि पोषिलो खानेकुरा समेत लिएर बिरामीहरुको घरदैलोमा पुगेका छन्।

‘हामी कोरोना संक्रमितको अवस्था बुझ्न र उनीहरुलाई स्वास्थ्य परामर्श र औषधि प्रदान गर्ने अभियान लिएर संक्रमितको घरदैलोमा नै पुगेका छौं,’ बेनी नगरपालिका–१ का वडाअध्यक्ष टेकबहादुर रावलले भने।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले संक्रमितहरु सुरक्षितसँग आइसोलेसनमा नबसेकाले तीव्र दरमा संक्रमण फैलिएको बताउँछन्।

‘अहिले संक्रमण दर जे जसरी बढ्दो क्रममा देखिन्छ, यसमा संक्रमित र नागरिकको लापरवाही कारक छ। त्यसका साथै वैशाख महिनामा गाउँघरमा भएका विवाह, धार्मिक कार्यलगायत कार्यमा मानिसहरुको बढी भीडभाड भएकाले यस्तो अवस्था आएको हो,’ उनले भने, ‘खाना एकै ठाउँमा बसेर खाने र शौचालय पनि एउटै प्रयोग गर्ने समस्याले पनि संक्रमण बढेको देखिन्छ। एउटै परिवारमा एक जनालाई संक्रमण भएपछि परिवारनै आइसोलेशनमा बस्नु पर्दछ, यसमा सबै सचेत र जिम्मेवार बन्न आवश्यक छ।’

सरकारले निर्देशन गरेका सबै स्वास्थ्य मापदण्ड र बन्दाबन्दीलाई सही रुपमा पालना गरे संक्रमण फैलिनबाट रोक्न सकिने उनले बताए।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?