ला लीगा छिनोफानो आजः एट्लेटिकोलाई सहज प्रतिद्वन्द्वी!

काठमाडौंः स्पेनिस ला लिगाको अन्तिम चरणका खेलहरू आज हुँदै छन्।

जहाँ स्पेनिस लिगको च्याम्पियनको टुंगो लाग्ने छ। यो पटक उपाधि होडमा मड्रिड डर्बी रहेका छन्। प्रतियोगिताको अन्तिम खेलमा जित निकाले एट्लेटिको मड्रिड च्याम्पियन बन्ने छ। रियलका लागि भने एट्लेटिको पराजित हुनुपर्ने अवस्था छ। रियलले आफ्नो खेलमा जित निकाल्नु अनिवार्य पनि छ। खेल नेपाली समय अनुसार राति पौने १० बजे हुँदै छन्।

च्याम्पियन बन्ने होड

स्पेनिस लालिगामा शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्ने छ। एट्लेटिकोको जारी सिजन ३७ खेलबाट ८३ अंक छ। जहाँ रियलको भने समान खेलबाट ८१ अंक छ। आज दुबै टिमले जित हात पारे एट्लेटिकोले लिग उचाल्छ।

रियल डिफेन्डिङ च्याम्पियन पनि हो। अर्को प्रत्यासी बार्सिलोना भने अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिइसकेको छ। त्यसो त जनवरीसम्म १३ अंकको अग्रता बनाएको एट्लेटिको त्यसपछि खराब प्रदर्शनका कारण उपाधिका लागि अन्तिम खेल सम्म कुर्नुपर्ने अवस्थामा पुगेको छ।

भालाडोलिडलाई दबाब

एट्लेटिकोले अन्तिम खेल रियल भालाडोलिडविरुद्ध खेल्दै छ। अंक तालिकाको १९ औं नम्बरमा रहेको भालडोलिडविरुद्ध बलियो आत्माविश्वासका साथ एट्लेटिको मैदान उत्रँदै छ।

भालाडोलिडका लागि पनि एट्लेटिकोविरुद्धको खेल उत्तिकै महत्वपूर्ण छ। किनकि भलाडोलिड ३१ अंकका साथ रेलिगेसन जोनमा छ।

जहाँ रियल भने भिल्लारियलसँग प्रतिस्पर्धा गर्दै छ। भिल्लारियलभने युरोपा लिगमा स्थान बनाइसकेको टिम भएकाले सहज भने हुने छैन। भिल्लाको ३७ खेलबाट ५८ अंक छ।

त्यसो त रियलको टिममा चोटका कारण इडेन हजार्ड रहने छैनन्। सर्जियो रामोस भने टिममा उपलब्ध हुनेछन्। उनी मार्चपछि टिममा हुनेछन्।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?