काठ दाउराको माग गर्दै सव डिभिजन वन कार्यालयमा अनिश्चितकालीन रुपमा तालाबन्दी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित शुक्लाफाँटाडिभिजन वन कार्यालयमा तालाबन्दी गरिएको छ ।

काठ दाउराको बिक्री वितरण फुकुवाको माग गर्दै आइतबार विभिन्न सामुदायिक वनका पदाधिकारीहरूले वन क्षेत्रमा गरिएको प्रतिबन्ध फुकुवाको माग गर्दै तालाबन्दी गरेका हुन् ।

यसैबीच, कृष्णपुर सामुदायिक वनका अध्यक्ष दान बहादुर बोहरा र वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुर सिंह महराद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रतिबन्ध फुकुवा नभएसम्म अनिश्चितकालिन तालाबन्दी गरिएको उल्लेख छ ।

नेपाल सरकार मन्त्री परिषद्को २०७७ जेठ १५ गतेको निर्णयले देशभरका वैज्ञानिक वन व्यवस्थापन कार्य योजना लागु भएका र वैज्ञानिक वन व्यवस्थापन लागु नभएका लगायत सम्पूर्ण वन क्षेत्रमा अन्याय पूर्ण तरिकाले काठ दाउरा सङ्कलन, ओसारपोसार र बिक्री वितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो ।

उक्त निर्णयको विरोध भएपछि जेठ २८ गते साल बाहेकका अन्य काठमा लगाइएको प्रतिबन्ध खुला गरिएको थियो । तर सालमा लगाइएको प्रतिबन्ध नखुल्दा विभिन्न वन क्षेत्रका घाटगद्दीमा सङ्कलन गरिएको सालको काठ सडेर नोक्सान भइरहेको छ ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?