काठ दाउराको माग गर्दै सव डिभिजन वन कार्यालयमा अनिश्चितकालीन रुपमा तालाबन्दी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित शुक्लाफाँटाडिभिजन वन कार्यालयमा तालाबन्दी गरिएको छ ।

काठ दाउराको बिक्री वितरण फुकुवाको माग गर्दै आइतबार विभिन्न सामुदायिक वनका पदाधिकारीहरूले वन क्षेत्रमा गरिएको प्रतिबन्ध फुकुवाको माग गर्दै तालाबन्दी गरेका हुन् ।

यसैबीच, कृष्णपुर सामुदायिक वनका अध्यक्ष दान बहादुर बोहरा र वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुर सिंह महराद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रतिबन्ध फुकुवा नभएसम्म अनिश्चितकालिन तालाबन्दी गरिएको उल्लेख छ ।

नेपाल सरकार मन्त्री परिषद्को २०७७ जेठ १५ गतेको निर्णयले देशभरका वैज्ञानिक वन व्यवस्थापन कार्य योजना लागु भएका र वैज्ञानिक वन व्यवस्थापन लागु नभएका लगायत सम्पूर्ण वन क्षेत्रमा अन्याय पूर्ण तरिकाले काठ दाउरा सङ्कलन, ओसारपोसार र बिक्री वितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो ।

उक्त निर्णयको विरोध भएपछि जेठ २८ गते साल बाहेकका अन्य काठमा लगाइएको प्रतिबन्ध खुला गरिएको थियो । तर सालमा लगाइएको प्रतिबन्ध नखुल्दा विभिन्न वन क्षेत्रका घाटगद्दीमा सङ्कलन गरिएको सालको काठ सडेर नोक्सान भइरहेको छ ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?