सिटिइभिटी अन्तरगत यी प्राविधिक विषयहरु खारेज

राष्ट्रिय चिकित्साशिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत स्वास्थ्य विषयका प्राविधिक कार्यक्रम खारेज गरेको छ । साउन ३० गते बसेको आयोगको बैठकले प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गरेको उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले जानकारी दिनुभयो ।

चिकित्सा शिक्षा ऐनको दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम यसै शैक्षिक सत्रबाट बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उहाँले यो खारेज व्यवस्था ऐनमा नै रहेको र आफुहरुले सो व्यवस्थाको कार्यान्वयन गर्न खोजेको बताउनुभयो।

पहिला – पहिला विद्यार्थीहरु कम थिए र खारेज गर्न पर्ने थिएन तर अहिले विद्यार्थी वृद्धि भएकाले प्राविधिक एसएलसी सरहको कार्यक्रम बन्द गर्ने निर्णय गरेका हौ गिरीले भन्नुभयो । उहाँका अनुसार अब त्रिभूवन विश्वविद्यालयले संचालन गर्दै आएको पिसिएल नर्सिङ विषयमा पनि यो वर्षदेखि भर्ना लिन पाइने छैन ।

यो निर्णयपछि अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन पनि खारेज भएको छ ।
श्रोत हेल्थ पाटी

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?