सुदूरपश्चिमका मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्री भट्टका सवारी चालकमा कोरोना पुष्टि भएको हो । संक्रमित मुख्यमन्त्रीको निवासको गाडी चलाउँदै आएका बताइएको छ ।

२३ वर्षीय ती पुरुषलाई हाल सेती प्रादेशिक अस्पतालको आइसोलेनमा राखिएको जनाइएको छ ।

सवारी चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् । चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री सेल्फ आईसोलेसनमा बस्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव शिव सिंह ओलीले बताए ।

उनले भने ‘चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री सेल्फ आईसोलेसनमा बस्नुभएको छ । उहाँको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको छ ।’

ताजा खबर

दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु...

महाकाली सिचाई आयोजनाको मूल नहरको उदघाटन हुन नसक्दा किसानहरु पानी पाउन बाट वन्चित

महेन्द्रनगर । राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढिरहेको महाकालि...

दुग्ध उत्पादक किसानहरु लाई खप्तड कृषि सहकारी द्धारा मिल्क क्यान सहयोग

महेन्द्रनगर ।कञ्चनपुरको खप्तड कृषि सहकारीले दुध व्यवशायलाई सुदृढ गर्न...

अब अन्तरिक्षमा ब्रेन ट्युमरको उपचार हुने

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?