सुदूरपश्चिमका मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्री भट्टका सवारी चालकमा कोरोना पुष्टि भएको हो । संक्रमित मुख्यमन्त्रीको निवासको गाडी चलाउँदै आएका बताइएको छ ।

२३ वर्षीय ती पुरुषलाई हाल सेती प्रादेशिक अस्पतालको आइसोलेनमा राखिएको जनाइएको छ ।

सवारी चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् । चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री सेल्फ आईसोलेसनमा बस्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव शिव सिंह ओलीले बताए ।

उनले भने ‘चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री सेल्फ आईसोलेसनमा बस्नुभएको छ । उहाँको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको छ ।’

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?