कञ्चनपुरमा पनि आजै बाट निषेधाज्ञाः के गर्न पाइन्छ ? के गर्न पाइदैन ?

महेन्द्रनगर । कोरोना संक्रमणलाई मध्यनजर गर्दै कञ्चनपुरमा पनि आजैबाट निषेधाज्ञा जारी हुने भएको छ । बिहीवार (आज) राति १२ बजेदेखि भदौ १४ गते राति १२ बजे सम्म जिल्लाभर लागु हुने गरी आशिंक निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाईने गरी संक्रामक रोग र स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्न लागिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए ।

के गर्न पाइदैन ?

अतिआवश्यक काम बाहेक घर बाहिन निस्कन पाइने छैन । शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन संचालन गर्न पाइने छैन । यस्तै सैलुन, ब्यूटीपार्लर, सिनेमा हल, पार्टी, प्यालेस, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय पनि सञ्चालन गर्न पाइने छैन् ।

के गर्न पाइने छ ?

अत्यावश्यक कामका लागि मात्रै निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा सञ्चालन गर्न पाइने छ भने औषधि, खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरु किन्न तथा अतिआवश्यक कामका लागि मात्रै घर बाहिर हिडडुल गर्न पाइने छ । यस्तै बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने यदि सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न सकिने छ ।
बिहीबार मात्रै कञ्चनपुरमा १४ जनामा कोरोना पुष्टि भएको छ । यो संगैँ जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय २२ पुगेको छ ।

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?