कञ्चनपुरमा पनि आजै बाट निषेधाज्ञाः के गर्न पाइन्छ ? के गर्न पाइदैन ?

महेन्द्रनगर । कोरोना संक्रमणलाई मध्यनजर गर्दै कञ्चनपुरमा पनि आजैबाट निषेधाज्ञा जारी हुने भएको छ । बिहीवार (आज) राति १२ बजेदेखि भदौ १४ गते राति १२ बजे सम्म जिल्लाभर लागु हुने गरी आशिंक निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाईने गरी संक्रामक रोग र स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्न लागिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए ।

के गर्न पाइदैन ?

अतिआवश्यक काम बाहेक घर बाहिन निस्कन पाइने छैन । शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन संचालन गर्न पाइने छैन । यस्तै सैलुन, ब्यूटीपार्लर, सिनेमा हल, पार्टी, प्यालेस, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय पनि सञ्चालन गर्न पाइने छैन् ।

के गर्न पाइने छ ?

अत्यावश्यक कामका लागि मात्रै निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा सञ्चालन गर्न पाइने छ भने औषधि, खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरु किन्न तथा अतिआवश्यक कामका लागि मात्रै घर बाहिर हिडडुल गर्न पाइने छ । यस्तै बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने यदि सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न सकिने छ ।
बिहीबार मात्रै कञ्चनपुरमा १४ जनामा कोरोना पुष्टि भएको छ । यो संगैँ जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय २२ पुगेको छ ।

ताजा खबर

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ २५ वैशाख  माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित...

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

काठमाडौँ २५ वैशाख  युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको...

विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ, २५ वैशाख  सरकारले विदेशस्थित १५ जना अवैतानिक वाणिज्य दूत...

सासद महताद्वारा जनताका गुनासा समाधान गर्न टोलफ्री नम्वर सहित सचिवालय सञ्चालनमा

कञ्चनपुर २५बैशाख प्रतिनिधी सभा सदस्य(सासद) ज्ञानेन्द्र सिह महताले क्षेत्रका जनताका...

संसदको अधिवेशन वैशाख २८ गतेदेखि आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ, २२ वैशाख सरकारले सङ्घीय संसदको दुबै सदनको अधिवेशन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?