कञ्चनपुरः संस्थागत विद्यालयका शिक्षक आन्दोलित

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा पारिश्रमिक पाउनुपर्ने माग गर्दै संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले प्रदर्शन तथा प्रेस विज्ञप्ती जारी गरेको छ ।

२०७६ मंसिर महिनादेखि संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुले पारिश्रमिक नपाएको भन्दै मंगलबार महेन्द्रनगर स्थित मदनचोकमा ब्यानर र पम्पलेटसहित उनीहरुले प्रदर्शन गर्दै प्रेस विज्ञप्ती जारी गरेका हुन् ।

देशव्यापी आन्दोलनअन्तर्गत जिल्ला समिति कञ्चनपुरले पनि महेन्द्रनगरमा प्रदर्शन गरेको जनाइएको छ ।

संस्थागत विद्यालयको हकहित तथा उन्नतीका लागी निरन्तर काम गरियो तर अहिले समस्यामा परेको बेला त्यही संस्थाले नहेरको शिक्षक माधवराज पन्तले बताए । उनले भने ‘संञ्चालकले लकडाउनको बहानामा गत वर्षको मंसिर देखिको पारिश्रमिक नदिँदा अहिले हामी शिक्षकलाई घर भाडा तिर्न र रासन खरिद गर्न पनि समस्या भएको छ ।’

७ दिन भित्र कञ्चनपुरका सम्पूर्ण संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई तलब उपलब्ध गराउन संस्थागत विद्यालय शिक्षक युनियनले विद्यालय सञ्चालकसंग माग गर्दै प्रर्दशन गरेको हो ।

निजी विद्यालय सञ्चालकहरू पारिश्रमिकका विषयमा गम्भीर बन्न छोडेर उल्टै शिक्षक निकाल्ने गतिविधी गरिरहेको भन्दै शिक्षकहरुलाई निकाल्ने काम समेत रोक्न युनियनले माग गरेको छ ।

विद्यालय बन्द भइरहेको अवस्थामा शिक्षकहरुलाई सामान्य राहत हुनेगरी समेत सञ्चालकहरुले पारिश्रमिक उपलब्ध नगराएको संस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरका अध्यक्ष धनन्जय जोशीले बताए ।

उनका अनुसार सञ्चालकले शिक्षकहरुका समस्याप्रति बेवास्ता गरिरहँदा सरकारसमेत निरीह बनेको छ ।

शिक्षक कर्मचारीका माग ७ दिन भित्र सुनुवाई नभए कडा आन्दोलनमा उत्रिने इस्टु कञ्चनपुरले चेतावनी समेत दिएको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?