कञ्चनपुरः संस्थागत विद्यालयका शिक्षक आन्दोलित

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा पारिश्रमिक पाउनुपर्ने माग गर्दै संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले प्रदर्शन तथा प्रेस विज्ञप्ती जारी गरेको छ ।

२०७६ मंसिर महिनादेखि संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुले पारिश्रमिक नपाएको भन्दै मंगलबार महेन्द्रनगर स्थित मदनचोकमा ब्यानर र पम्पलेटसहित उनीहरुले प्रदर्शन गर्दै प्रेस विज्ञप्ती जारी गरेका हुन् ।

देशव्यापी आन्दोलनअन्तर्गत जिल्ला समिति कञ्चनपुरले पनि महेन्द्रनगरमा प्रदर्शन गरेको जनाइएको छ ।

संस्थागत विद्यालयको हकहित तथा उन्नतीका लागी निरन्तर काम गरियो तर अहिले समस्यामा परेको बेला त्यही संस्थाले नहेरको शिक्षक माधवराज पन्तले बताए । उनले भने ‘संञ्चालकले लकडाउनको बहानामा गत वर्षको मंसिर देखिको पारिश्रमिक नदिँदा अहिले हामी शिक्षकलाई घर भाडा तिर्न र रासन खरिद गर्न पनि समस्या भएको छ ।’

७ दिन भित्र कञ्चनपुरका सम्पूर्ण संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई तलब उपलब्ध गराउन संस्थागत विद्यालय शिक्षक युनियनले विद्यालय सञ्चालकसंग माग गर्दै प्रर्दशन गरेको हो ।

निजी विद्यालय सञ्चालकहरू पारिश्रमिकका विषयमा गम्भीर बन्न छोडेर उल्टै शिक्षक निकाल्ने गतिविधी गरिरहेको भन्दै शिक्षकहरुलाई निकाल्ने काम समेत रोक्न युनियनले माग गरेको छ ।

विद्यालय बन्द भइरहेको अवस्थामा शिक्षकहरुलाई सामान्य राहत हुनेगरी समेत सञ्चालकहरुले पारिश्रमिक उपलब्ध नगराएको संस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरका अध्यक्ष धनन्जय जोशीले बताए ।

उनका अनुसार सञ्चालकले शिक्षकहरुका समस्याप्रति बेवास्ता गरिरहँदा सरकारसमेत निरीह बनेको छ ।

शिक्षक कर्मचारीका माग ७ दिन भित्र सुनुवाई नभए कडा आन्दोलनमा उत्रिने इस्टु कञ्चनपुरले चेतावनी समेत दिएको छ ।

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?