पहिरोमा पुरिएर बैतडीमा आमाछोराको मृत्यु

महेन्द्रनगर । बैतडीमा घर भत्काउने गरि गएको पहिरोमा परि आमाछोराको मृत्यु भएको छ ।

लगातारको अविरल वर्षाका कारण घर पछाडीबाट आएको पहिरोमा पुरिएर जिल्लाको डिलाशैनी गाउँपालिका– ४ मठेराजका आनसीह बोहराकी श्रीमती ४० वर्षीय पशुपति वोहरा र निजका १२ वर्षीय छोरा रिकेश वोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक एवम् प्रवत्ता किसन चन्दले बताए ।

गएराति १ बजेतिर पहिरो आउँदा उनीहरू घरसँगै पुरिएका थिए । पहिरोमा पुरिएको अवस्थामै उनीहरूको शव विहान ७ बजे फेला परेको प्रहरी जनाएको छ ।

हाल मृतकहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लगिएको छ । फाइल फोटो 

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?