सुदूरपश्चिममा २३ जनामा कोरोना संक्रमण, २२ जना एउटै जिल्लाका

महेनद्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय ७१ पुगेको छ । प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि भएको छ ।

आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोशालामा गरिएको परीक्षणमा कैलालीका २२ सहित सुदूरपश्चिममा थप २३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कु्मार श्रेष्ठका अनुसार आइतबार २ सय ३८ जनाको कोरोना परिक्षण गरिएकोमा कैलालीका २२ र बैतडीका एक जनामा कोरोना पुष्टि भएको छ ।

कैलालीको टीकापुर नगरपालिकाका २ महिला र ५ पुरुष गरी ७ जना, मोहन्याल गाउँपालिकाका २ पुरुष, बर्दगोरी गाउँपालिकाका ३ महिला र ५ पुरुष गरी ८ जना, जोशीपुर गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

त्यस्तै कैलालीकै धनगढी उप–महानगरपालिकाका २ पुरुष, घोडाघोडी नगरपालिकाका एक पुरुष र गोदावरी नगरपालिकाका एक पुरुष र बैतडीका एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा संक्रमण पुष्टि भएकामध्ये ३ हजार ४६ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भइरहेको छ ।

ताजा खबर

शिवम् अटो ह्वील्स अत्तरिया–महिन्द्रा ग्राहकको विशेष उत्सव

हेमा भट्ट, माघ ११, कैलाली  महिन्द्रा गाडी प्रयोगकर्ताहरूका लागि प्रतिक्षित...

मोबाइल चिन्हसहित स्वतन्त्र आम–जनतापाटिबाट लक्ष्मी कुमारी बिष्ट भट्टको उम्मेदवारी

हेमा भट्ट, माघ १०, कञ्चनपुर कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र...

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण, विकास र सहकार्यको नयाँ अध्याय

हेमा भट्ट, माघ ९, कञ्चनपुर कञ्चनपुर । कञ्चनपुर जिल्लाको उद्योग,...

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?