सुदूरपश्चिममा २३ जनामा कोरोना संक्रमण, २२ जना एउटै जिल्लाका

महेनद्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय ७१ पुगेको छ । प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि भएको छ ।

आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोशालामा गरिएको परीक्षणमा कैलालीका २२ सहित सुदूरपश्चिममा थप २३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कु्मार श्रेष्ठका अनुसार आइतबार २ सय ३८ जनाको कोरोना परिक्षण गरिएकोमा कैलालीका २२ र बैतडीका एक जनामा कोरोना पुष्टि भएको छ ।

कैलालीको टीकापुर नगरपालिकाका २ महिला र ५ पुरुष गरी ७ जना, मोहन्याल गाउँपालिकाका २ पुरुष, बर्दगोरी गाउँपालिकाका ३ महिला र ५ पुरुष गरी ८ जना, जोशीपुर गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

त्यस्तै कैलालीकै धनगढी उप–महानगरपालिकाका २ पुरुष, घोडाघोडी नगरपालिकाका एक पुरुष र गोदावरी नगरपालिकाका एक पुरुष र बैतडीका एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा संक्रमण पुष्टि भएकामध्ये ३ हजार ४६ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भइरहेको छ ।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?