बेलौरी घटनाः खाती दम्पतीमाथी कस्ले ग¥यो आ’क्र’मण ?

महेनद्रगनर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ ।

बेलौरी नगरपालिका–७ भगतपुरकी ५५ वर्षीय बेलु खातीको शुक्रबार राती बिभत्स हत्या भएको छ भने उनका श्रीमान् गम्भिर घाइते भएका छन् ।

बेलुका श्रीमान् ६२ वर्षीय घनश्याम गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए । उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

‘राती एक बजेतिर घटना भएको रहेछ । घटना के कति कारणले भएको र घटनामा कस्को संलग्ना रहेको बारे केही खुल्न सकेको छैन् ।’ डिएसपी थापाले भने, ‘ विस्तृत अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार घटनाको अनुसन्धानका लागि मृतकका छोरा ३७ वर्षीय राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अज्ञात समुहले घनश्याममाथी आक्रमण गर्दा बचाउन गएकी उनकी श्रीमती बेलुको ज्यान गएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बेलुको घाँटी भन्दा तल धारिलो हतियार प्रयोग भएको देखिन्छ । उनका श्रीमान्को पनि घाँटी भन्दा तल छातीमा गम्भिर चोट लागेको छ । घनश्यामको नेपालगञ्जस्थित अस्पतालमा उपचार भइरहेको छ ।

डिएसपी थापाले भने ‘घटना मध्यरात घरमै भएको हो । घटना भएको घरमा खाती दम्पती र उनका छोरा गरी तीन जना सदस्यको परिवार थियो ।’ हाल विभिन्न कोणबाट अनुसन्धान भइरहेको भए पनि अहिलेसम्म घटनाको कारण तथा घटनामा संलग्नको पहिचान हुन नसकेको डिएसपी थापा बताए ।

‘पारिवार कलह, कोहीसंग रिसिबि लगायतका विभिन्न पाटाहरु केलाएर विस्तृत अनुसन्धान गरिरहेका छौँ, अहिले नै निष्कर्षमा पुगिहाल्ने स्थित छैन् ।’ डिएसपी थापाले भने, ‘घर परिवार, छरछिमेकसंग सोधपुछ गर्ने कार्य भइरहेका छ ।’

मृतक बेलुका ३७ वर्षीय छोरा राजेश घटनाको राती अबेर गरी घर आएको खुलेको छ ।

प्रहरीका अनुसार उनी कहिले घर आउने/कहिले नआउने गर्ने गरेका थिए ।फाइल फोटो 

ताजा खबर

मात्तिएका वनका हाकिमद्वय भट्ट र कँडेल सामु सुप प्रदेश सरकार निरही ! 

कञ्चनपुर, पुष ८ सुदूरपश्चिम प्रदेश सरकारलाई नटेर्ने वनका दुई शक्तिशाली...

नेकपा कञ्चनपुरको एकता सन्देश सभा ः देशभर तारा चम्काउने घोषणा 

सञ्जु महर कञ्चनपुर ०८ पाैष नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला पाटी...

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?