बेलौरी घटनाः खाती दम्पतीमाथी कस्ले ग¥यो आ’क्र’मण ?

महेनद्रगनर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ ।

बेलौरी नगरपालिका–७ भगतपुरकी ५५ वर्षीय बेलु खातीको शुक्रबार राती बिभत्स हत्या भएको छ भने उनका श्रीमान् गम्भिर घाइते भएका छन् ।

बेलुका श्रीमान् ६२ वर्षीय घनश्याम गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए । उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

‘राती एक बजेतिर घटना भएको रहेछ । घटना के कति कारणले भएको र घटनामा कस्को संलग्ना रहेको बारे केही खुल्न सकेको छैन् ।’ डिएसपी थापाले भने, ‘ विस्तृत अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार घटनाको अनुसन्धानका लागि मृतकका छोरा ३७ वर्षीय राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अज्ञात समुहले घनश्याममाथी आक्रमण गर्दा बचाउन गएकी उनकी श्रीमती बेलुको ज्यान गएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बेलुको घाँटी भन्दा तल धारिलो हतियार प्रयोग भएको देखिन्छ । उनका श्रीमान्को पनि घाँटी भन्दा तल छातीमा गम्भिर चोट लागेको छ । घनश्यामको नेपालगञ्जस्थित अस्पतालमा उपचार भइरहेको छ ।

डिएसपी थापाले भने ‘घटना मध्यरात घरमै भएको हो । घटना भएको घरमा खाती दम्पती र उनका छोरा गरी तीन जना सदस्यको परिवार थियो ।’ हाल विभिन्न कोणबाट अनुसन्धान भइरहेको भए पनि अहिलेसम्म घटनाको कारण तथा घटनामा संलग्नको पहिचान हुन नसकेको डिएसपी थापा बताए ।

‘पारिवार कलह, कोहीसंग रिसिबि लगायतका विभिन्न पाटाहरु केलाएर विस्तृत अनुसन्धान गरिरहेका छौँ, अहिले नै निष्कर्षमा पुगिहाल्ने स्थित छैन् ।’ डिएसपी थापाले भने, ‘घर परिवार, छरछिमेकसंग सोधपुछ गर्ने कार्य भइरहेका छ ।’

मृतक बेलुका ३७ वर्षीय छोरा राजेश घटनाको राती अबेर गरी घर आएको खुलेको छ ।

प्रहरीका अनुसार उनी कहिले घर आउने/कहिले नआउने गर्ने गरेका थिए ।फाइल फोटो 

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?