वडाअध्यक्ष महरालाई कुटपिट गर्ने सात जना धरौटीमा रिहा

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कुटपिट गर्ने गर्ने ७ जना युवा धरौटीमा रिहा भएका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका ७ युवक जनही ५ हजार रुपैयाँ धरौट बुझाएर रिहाई भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले जानकारी दिएका छन् ।

रिहाई हुनेमा शुक्लाफाँटा नगरपालिका–८ का नेपाली कांग्रेस सम्वद्ध तरुण दलका वडा सभापति नारद ठगुन्ना लगाएत बसन्त ठगुन्ना, कमान सिंह ठगुन्ना, बिनोद ठगुन्ना, नबिन ठगुन्ना, आन्नद सिंह ठगुन्ना,र लोकेन्द्र ठगुन्ना रहेको उनले बताए । गत आइतबार विहान साढे १० बजेतिर वडा कार्यालयमा सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण र राष्ट्रिय परिचयपत्रको काम भईरहेको बेला एक्कासी नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा आएका ती युवाले वडा कार्यालयमा अध्यक्ष महरालाई कुटपिट गरेको आरेप लगाइएको थियो । वडाध्यक्ष महरालाई कुटपिट गर्ने ७ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको थियो ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?