वडाअध्यक्ष महरालाई कुटपिट गर्ने सात जना धरौटीमा रिहा

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कुटपिट गर्ने गर्ने ७ जना युवा धरौटीमा रिहा भएका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका ७ युवक जनही ५ हजार रुपैयाँ धरौट बुझाएर रिहाई भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले जानकारी दिएका छन् ।

रिहाई हुनेमा शुक्लाफाँटा नगरपालिका–८ का नेपाली कांग्रेस सम्वद्ध तरुण दलका वडा सभापति नारद ठगुन्ना लगाएत बसन्त ठगुन्ना, कमान सिंह ठगुन्ना, बिनोद ठगुन्ना, नबिन ठगुन्ना, आन्नद सिंह ठगुन्ना,र लोकेन्द्र ठगुन्ना रहेको उनले बताए । गत आइतबार विहान साढे १० बजेतिर वडा कार्यालयमा सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण र राष्ट्रिय परिचयपत्रको काम भईरहेको बेला एक्कासी नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा आएका ती युवाले वडा कार्यालयमा अध्यक्ष महरालाई कुटपिट गरेको आरेप लगाइएको थियो । वडाध्यक्ष महरालाई कुटपिट गर्ने ७ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको थियो ।

ताजा खबर

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने

काठमाडौँ – नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा...

देउडा सुदूरपश्चिमको पहिचान हो, अन्तर्राष्ट्रियकरण गर्नुपर्छः मन्त्री साउद

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट...

भीमदत्त सरसफाई अभियानलाई निरन्तरता

महेन्द्रनगर । कञ्चनपुरमा भीमदत्त सरसफाई अभियानलाई निरन्तरता दिईएको छ...

शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको अनुगमन लाई निरन्तरता

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?