भारतलाई दार्चुलाका सहायक सीडीओको जवाफः नेपालीलाई दुःख नदिनु, लिपुलेक,कालापानी नेपालको हो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको त्यस क्षेत्रमा नेपालीको आवातजावात स्वाभाविक रहेको जवाफी पत्र दिएको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले लिपुलेक,कालापानी, लिम्पियाधुरा लगाएतका भूभाग नेपालको भएको भन्दै भारतलाई पत्र लेखेका छन् ।

‘नेपाल र ब्रिटिट इस्ट इन्डिया कम्पनीबीच सन् १८१६ सम्पन्न सुगौली सन्धिको धारा ५, त्यस समयमा प्रकाशित नक्सा र ऐतिहासिक तथ्य एवं प्रमाण अनुसार काली (महाकाली) नदी र सो पूर्वका लिम्पियाधुरा, कुटी, नावी, गुन्जी, कालापानी र लिपुलेक लगायतका क्षेत्र नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ’, पत्रमा भनिएको छ, ‘नेपाली भूभागमा नेपाली आवतजावत स्वाभाविकै रहेको र त्यसमा कहिकतैबाट बाधा अड्चन हुनु हुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी आदेशाअनुसार चाहान्छु ।’

भारतले स्थानीयलाई कालापानी र लिम्पियाधुरा क्षेत्रमा जान प्रतिबन्ध लगाएपछि नेपालको प्रतिक्रया आएको हो ।

धार्चुलाका उप जिल्ला अधिकारी अनिल कुमार शुक्लाले जिल्ला प्रशासन दार्चुलालाई लिम्पियाधुरा, कालापानी क्षेत्रमा नेपालीलाई प्रतिबन्ध लगाएको पत्र लेखेक थिए ।

‘विभिन्न नेपाल गुट समूह भारती क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस, हाम्रो यो अनुरोध छ की कुनै सूचना तपाईहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला,’ शुल्लाले लेखेको पत्रमा उल्लेख छ ।

भारतले १९६२ पछिदेखि नै कालापानी, लिपुलेक, लिम्पियाधुरा अतिक्रमण गर्दै आएको छ ।

नेपालले उक्त भूमि समेटेर नयाँ प्रशासनिक नक्सा सार्वजनिक गर्दै निशान छाप परिवर्तनका लागि संविधान संशोधन गरेपछि नेपाल र भारतबीच सीमा विवाद चर्किएको छ ।

नेपालले वार्ताका लागि पटकपटक पत्र लेख्दासमेत भारतले भने जवाफ दिन चाहेको छैन । भारतले सीमा विवाद जस्तो संवेदनशील विषयलाई कोरोना संकटपछि छलफल गर्ने भनेर टार्दै आएको छ ।

यो समाचार अन्नपूर्ण पोष्टमा  प्रकाशित छ । फाइल फोटो 

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?