कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा अवैध कुखुरा बरामद

महेनद्रनगर । सशस्त्र प्रहरीले भारतबाट चोरी नाका हुदैँ नेपाल ल्याइदै गरेका अवैध ब्रोइलर कुखुरा बरामद गरेको छ ।

मंगलबार बेलौरी नगरपालिका– ६ भुराकोट सीमावर्ती क्षेत्रबाट अवैल कुखुरा बरामद गरिएको बोर्डर आउट पोष्ट बेलौरीका सशस्त्र प्रहरी नायव उपरीक्षक गंगादत्त पन्तले बताए ।

सीमा सुरक्षा बोर्डर आउट पोष्ट बेलौरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक श्यामु रानाको नेतृत्वमा खटिएको गस्ती टोलीले १ सय ५० किलोग्राम बराबर अवैध कुखुरा बरामद गरेको कञ्चनपुर सशस्त्र प्रहरी प्रमुख वीरसिंह शाहुले बताए ।

उनका अनुसार प्रहरी लाई देखेपछी तस्करहरु ६० वटा कुखुरा सहित साईकल लगाएतका सामाग्री छोडेर भागेका थिए ।

बरामद गरिएका कुखुरा स्थानीय एवम् सरोकारवालहरुको रोहबरमा नष्ट गरिने सशस्त्र प्रहरी नायव उपरीक्षक पन्तले बताए ।

ताजा खबर

शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण 

कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका...

स्थानीय सरकारले वेवास्ता गरेपछी युवा आफै जुटे सडक मर्मतमा

कञ्चनपुर ३२, असार स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी...

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१ कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन...

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

सञ्जु महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको...

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?