सुदूरपश्चिमेली नेपाली समाजद्धारा बझाङका पहिरो विस्थापित परिवारलाई राहत

कैलाली । सुदूरपश्चिमेली नेपाली अन्तराष्ट्रिय समाजहरुको संयुक्त पहलमा बझाङका पहिरो पिडितहरुलाई साहत सामग्री हस्तान्तण गरिएको छ ।

विदेशमा रहेका सुदूरपश्चिमेलीहरुले विभिन्न दशमा गठन गरेका सुदूरपश्चिमली नेपाली समाजको आपतकालीन राहतकोष मार्फत बझाङका पहिरो विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए ।

उनले भने ‘विदेशमा रहेका सुदूरपश्चिमेलीहरुले विभिन्न देशमा स्थापना गरेको सुदूरपश्चिमेली नेपाली समाजको मार्फत बझाङका पहिरो पिडित परिवारलाई लत्ता कपडा,खाद्यान्न तथा खाना पकाउने सामाग्री हस्तान्त्रण गरिएको हो ।’

असार १९ गते शुक्रबार राति बझाङ्गको केदारस्यूँ गाउपालिका– ८ स्तिथ मलेसीमा २० घर बगाएउने गरि गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको थियो । पहिरो विस्थापित परिवारको समस्यालाई मध्यनजर गर्दै विस्थापित २० परिवारलाई कोषको उद्देश्य अनुरुप आवश्यक राहत सामग्री हस्तान्तरण गरिएकोे सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायरले बताए ।

उनकाअनुसार सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेत बहादुर थापाको नेतृत्वमा,पूर्व दक्षिण एसिया संयोजक ज्ञानेन्द्र सिंह, केदारस्यँु गाउँपालिका अध्यक्ष ईन्द्र भण्डारी, उपाध्यक्ष निशा धामी, वडाध्यक्ष गणेश बोहरा लगायत जिल्लाका पत्रकारहरुको रोहवरमा उक्त राहात सामाग्री वितरण गरिएको हो ।

विस्थापित प्रति एकपरिवार ५० किलो चामल, ५ किलो दाल, ३ किलो नुन, ३ पोका तेल लगायत प्रत्येक घर लाई खाना पकाउने र खाने भाँडा, ४४महिला र ४४पुरूष का लागि लगाउने लुगा तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको सुदुरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतन थापाले बताए ।

यस संयुक्त अभियानलाई सफल पार्न सहयोग गर्नु हुने सुदुरपश्चिमेली नेपाली समाजहरु भारत, ईजरायल, अमेरिका, मलेसिया, क्यानडा, पोर्चुगल, कोरिया, बहराइन, जापान, मकाउ, साउदी अरबिया, युएई, कुबेत,अस्ट्रेलिया, कतार, डेनमार्क, युरोप लगायत सम्पुर्ण सहयोगी हातहरुलाई सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको प्रचार–प्रसार विभाग प्रमुख एवं दक्षिण एसिया संयोजक दिनेश खड्का ’खप्तडी’ले जानकारी दिए ।

ताजा खबर

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?