सुदूरपश्चिमेली नेपाली समाजद्धारा बझाङका पहिरो विस्थापित परिवारलाई राहत

कैलाली । सुदूरपश्चिमेली नेपाली अन्तराष्ट्रिय समाजहरुको संयुक्त पहलमा बझाङका पहिरो पिडितहरुलाई साहत सामग्री हस्तान्तण गरिएको छ ।

विदेशमा रहेका सुदूरपश्चिमेलीहरुले विभिन्न दशमा गठन गरेका सुदूरपश्चिमली नेपाली समाजको आपतकालीन राहतकोष मार्फत बझाङका पहिरो विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए ।

उनले भने ‘विदेशमा रहेका सुदूरपश्चिमेलीहरुले विभिन्न देशमा स्थापना गरेको सुदूरपश्चिमेली नेपाली समाजको मार्फत बझाङका पहिरो पिडित परिवारलाई लत्ता कपडा,खाद्यान्न तथा खाना पकाउने सामाग्री हस्तान्त्रण गरिएको हो ।’

असार १९ गते शुक्रबार राति बझाङ्गको केदारस्यूँ गाउपालिका– ८ स्तिथ मलेसीमा २० घर बगाएउने गरि गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको थियो । पहिरो विस्थापित परिवारको समस्यालाई मध्यनजर गर्दै विस्थापित २० परिवारलाई कोषको उद्देश्य अनुरुप आवश्यक राहत सामग्री हस्तान्तरण गरिएकोे सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायरले बताए ।

उनकाअनुसार सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेत बहादुर थापाको नेतृत्वमा,पूर्व दक्षिण एसिया संयोजक ज्ञानेन्द्र सिंह, केदारस्यँु गाउँपालिका अध्यक्ष ईन्द्र भण्डारी, उपाध्यक्ष निशा धामी, वडाध्यक्ष गणेश बोहरा लगायत जिल्लाका पत्रकारहरुको रोहवरमा उक्त राहात सामाग्री वितरण गरिएको हो ।

विस्थापित प्रति एकपरिवार ५० किलो चामल, ५ किलो दाल, ३ किलो नुन, ३ पोका तेल लगायत प्रत्येक घर लाई खाना पकाउने र खाने भाँडा, ४४महिला र ४४पुरूष का लागि लगाउने लुगा तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको सुदुरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतन थापाले बताए ।

यस संयुक्त अभियानलाई सफल पार्न सहयोग गर्नु हुने सुदुरपश्चिमेली नेपाली समाजहरु भारत, ईजरायल, अमेरिका, मलेसिया, क्यानडा, पोर्चुगल, कोरिया, बहराइन, जापान, मकाउ, साउदी अरबिया, युएई, कुबेत,अस्ट्रेलिया, कतार, डेनमार्क, युरोप लगायत सम्पुर्ण सहयोगी हातहरुलाई सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको प्रचार–प्रसार विभाग प्रमुख एवं दक्षिण एसिया संयोजक दिनेश खड्का ’खप्तडी’ले जानकारी दिए ।

ताजा खबर

भम्केनी धाममा श्रावणी मेला र चातुर्मासिक महापुराणमा श्रद्धालुको उल्लेख्य सहभागिता

कञ्चनपुर, ११ साउन  कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित प्रसिद्ध धार्मिक स्थल...

विपद् पूर्वबजार लेखाजोखा सम्बन्धी दुईदिने पालिका स्तरीय छलफल सम्पन्न

कञ्चनपुर, ११ साउन  विपद्को समयमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी,...

पवनदूत यातायातद्वारा महेन्द्रनगर–काठमाडौं सुविधासम्पन्न ‘राजगद्दी’ बस सेवा सञ्चालन

कञ्चनपुर, १० साउन  पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिले कञ्चनपुरको...

भिनपा–८ मा सडक किनार सरसफाइ अभियान, स्थानीयको सक्रिय सहभागिता

कञ्चनपुर, १० साउन भीमदत्त नगरपालिका–८ मा स्थानीय समुदायको सक्रिय सहभागितामा...

पुर्व भारतीय सैनिक हरक सिह भण्डारीको निधन 

कञ्चनपुर, साउन ९  भारतीय सेनामा कार्यरत पुर्व सैनिक एव कञ्चनपुरका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?