कञ्चनपुरमा सेनाले निर्माण गरेको बालउद्यान विद्यालयलाई हस्तान्त्रण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ परखेडी स्थित नेपाली सेनाले निर्माण गरेको सरस्वती बाल उद्यान विद्यालयलाई हस्तान्त्रण गरिएको छ ।

जिल्ला स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको देवीदल गणले निर्माण गरेको उत्त बालउद्यान परखेडी स्थित सरस्वाती माध्यमिक विद्यालयलाई हस्तान्त्रण गएिको होे ।

शुक्रबार एक कार्यक्रमका बिच श्री सुदूरपश्चिम पृतनाका उपरथी निर्मलकुमार थापाले उत्त बालउद्यानको उद्धघाटन गर्दै विद्यालयलाई संचालन गर्ने गरि हस्तान्त्रण गरेका थिए ।

वाल उद्यान निमार्णमा सहयोग गर्ने स्थानिय सरकार तथा स्थानियको महत्वपुर्ण सहयोग रहेको भन्दै प्रशसंनिय कार्य भएको र आउँदा दिनमा सेनाले आम नागरिक माझ सहकार्य गरि थप कार्यक्रम गर्दै जाने देवीदल गणका गणपति राजु बस्न्यातले बताए ।

सेनाको समन्वयमा निमार्ण गर्ने भनिएको बालउद्यान निमार्ण सम्पन्न पछि हस्तान्तरण गर्दा गौरवान्वित भएकोे उनले बताए । उनले भने ‘ देवीदल गणले विगतमा यस्ता धेरै कार्य गरेको छ, तर बाल उद्यान निमार्ण कार्य भने अहिले सम्मकै ठूलो र पहिलो कार्यक्रम हो ।’ उनले थपे ‘ उत्त कार्य निर्माण सम्पन्न गरि हस्तान्त्रण गर्न पाउँदा खुशी लागेको छ ।’

सरस्वती माविको एक विगाहा जमिनमा देवीदल गणले कुइक इनप्याक्ट प्रोजेक्ट अन्तर्गतको २१ लाख ३५ हजार ७ सय र भीमदत्त नगरपालिकाको २० लाख आर्थिक सहयोगमा उत्त बालउद्यान निर्माण गरिएको गणपती बस्न्यातले बताए ।

बालउद्यानको निर्माण कार्य गत वर्ष साउन देखी सुरु गरिएको थियो ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?