जनबाहिनीद्धारा ढलेको सीमास्तम्भको निरीक्षण [भिडियो]

महेन्द्रनगर । लगातारको अविरल वर्षाका कारण ढलेको कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाडास्थित नेपाल–भारत सीमा स्तम्भको जनबाहिनी नेपालले निरीक्षण तथा अनुगमन गरेको छ ।

विहिबार जनबाहिनी नेपालका संयोजक शिरोमणी ओझा सहितको टोलीले ढलेको उत्त पिल्लरको अनुगमन गरेका हुन् ।

लगातारको अबिरल वर्षाका कारण गत मंगलबार १२ बजेतिर बैजुडाडास्थित रहेको नेपाल–भारत २०७ नम्बर पिल्लर ढलेको थियो ।

स्थलगत अनुगमन गरेका संयोजक ओझाले सीमा सुरक्षाका विषयमा सरकार गम्भिर नभएकोले मर्मत हुन नसकेका सीमास्तम्भ ढल्ने गरेको आरोप लगाए ।

उनले भने ‘आज हामीले स्थलगत अनुगमन गर्नुका साथै ढलेको सीमास्तम्भ मर्मतका लागि सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका छौ ।’

लामो समयदेखि सीमास्तम्भ बाँगिएर जिर्ण हुँदासमेत सम्बन्धित निकायको वेवास्ताका कारण सीमास्तम्भ ढलेको उनले बताए ।

उनकाअनुसार कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतीय पक्षले कैयौं स्थानमा सीमास्तम्भ गायव पार्ने र नक्कली स्तम्भ गाडेर सीमा अतिक्रमण गर्दै आएकोे छ ।

कंचनपुर बेलौरी नगरपालिका वा.न.२ बैजुडाडा २०७ सिमास्तम्भ तत्काल पुनर्निर्माण गरियोस् ।

Gepostet von Shiromani Ojha am Donnerstag, 9. Juli 2020

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?