जनबाहिनीद्धारा ढलेको सीमास्तम्भको निरीक्षण [भिडियो]

महेन्द्रनगर । लगातारको अविरल वर्षाका कारण ढलेको कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाडास्थित नेपाल–भारत सीमा स्तम्भको जनबाहिनी नेपालले निरीक्षण तथा अनुगमन गरेको छ ।

विहिबार जनबाहिनी नेपालका संयोजक शिरोमणी ओझा सहितको टोलीले ढलेको उत्त पिल्लरको अनुगमन गरेका हुन् ।

लगातारको अबिरल वर्षाका कारण गत मंगलबार १२ बजेतिर बैजुडाडास्थित रहेको नेपाल–भारत २०७ नम्बर पिल्लर ढलेको थियो ।

स्थलगत अनुगमन गरेका संयोजक ओझाले सीमा सुरक्षाका विषयमा सरकार गम्भिर नभएकोले मर्मत हुन नसकेका सीमास्तम्भ ढल्ने गरेको आरोप लगाए ।

उनले भने ‘आज हामीले स्थलगत अनुगमन गर्नुका साथै ढलेको सीमास्तम्भ मर्मतका लागि सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका छौ ।’

लामो समयदेखि सीमास्तम्भ बाँगिएर जिर्ण हुँदासमेत सम्बन्धित निकायको वेवास्ताका कारण सीमास्तम्भ ढलेको उनले बताए ।

उनकाअनुसार कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतीय पक्षले कैयौं स्थानमा सीमास्तम्भ गायव पार्ने र नक्कली स्तम्भ गाडेर सीमा अतिक्रमण गर्दै आएकोे छ ।

कंचनपुर बेलौरी नगरपालिका वा.न.२ बैजुडाडा २०७ सिमास्तम्भ तत्काल पुनर्निर्माण गरियोस् ।

Gepostet von Shiromani Ojha am Donnerstag, 9. Juli 2020

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?