देशभर थप ४७३ जनामा कोरोना पुष्टिः ती मध्य ३४६ जना सुदूरपश्चिमका

महेन्द्रनगर । बिहीबार देशभर थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुमध्ये ३ सय ४६ जना सुदूरपश्चिमको रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै प्रदेशमा जम्मा संक्रमितको संख्या २ हजार ९ सय ५७ पुगेको छ ।

काठमाण्डौं स्थित राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका ३२० जना र धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा २६ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जना, अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरी ३५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना र कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

यस्तै सेती प्रादेशिक अस्पतालमा बिहिवार भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारीका दुई जना र भजनीका दुई जनामा कोरोना पुष्टि भएको हो ।

कञ्चनपुरको लालझाडीका दुई जना र भीमदत्तका एक जना तथा अछामको साँफेवगरका ६ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।देशपाटी

ताजा खबर

दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटानी शुरु

कञ्चनपुर, २६ बैशाख । पश्चिम नेपाल कञ्चनपुरको दोधाराचाँदनीमा निर्माण हुने...

तिन दिने फारवेष्ट ट्रयाभल मार्ट आयोजना हुने

कञ्चनपुर, २४ वैसाख भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्डको...

बेलडाँडी भैंसी किसान राना मृत भेटिएको १५ दिन बित्दा कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

विमल धामी बेलडाँडी २४ बैशाख । “एक इमानदार श्रमिक, मेहनती भैंसी...

नेपाली बीरताको प्रतिक ‘नालापानी किल्ला’

मोहन विष्ट, देहरादुन झण्डै अढाई सय अर्थात २ सय ६५...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?