देशभर थप ४७३ जनामा कोरोना पुष्टिः ती मध्य ३४६ जना सुदूरपश्चिमका

महेन्द्रनगर । बिहीबार देशभर थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुमध्ये ३ सय ४६ जना सुदूरपश्चिमको रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै प्रदेशमा जम्मा संक्रमितको संख्या २ हजार ९ सय ५७ पुगेको छ ।

काठमाण्डौं स्थित राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका ३२० जना र धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा २६ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जना, अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरी ३५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना र कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

यस्तै सेती प्रादेशिक अस्पतालमा बिहिवार भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारीका दुई जना र भजनीका दुई जनामा कोरोना पुष्टि भएको हो ।

कञ्चनपुरको लालझाडीका दुई जना र भीमदत्तका एक जना तथा अछामको साँफेवगरका ६ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।देशपाटी

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?