कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न हिँडेको प्रहरी टोलीमाथि स्थानीयको अवरोध, झडपमा एक दर्जन बढी घाइते

पोखरा । कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयबाट अवरोध भएको छ ।

बुधबार राति निधन भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका हुन् ।

उनीहरुले मजुवामा शव व्यवस्थापन गर्न नदिने भन्दै घाटनजिकै टायर बालेर विरोध प्रदर्शन गर्दै अवरोध गर्दा झडप हुन पुगेको छ ।

झडपका क्रममा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।

शव व्यबस्थापन गर्न नदिने भन्दै स्थानियले प्रहरीटोली माथि ढुङ्गामुडा गर्न थालेपछि झडप भएको हो । अहिले पनि सो क्षेत्रमा तनाव जारी छ । नेपाली सेनाले शव व्यबस्थापन गर्ने र पोखरा महानगरपालिकाले शव व्यवस्थापन स्थान खोज्ने सहमतिअनुसार महानगरले पोखरा ३२ मजुवा घाट तय गरेको थियो । जसअनुसार प्रहरील शवबाहनमा राखेर मृतकको शव घाटमा लगेको थियो ।

यता कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले शव लैजाने क्रममा स्थानीयबाट अवरोध भएपछि झडप हुन पुगेको बताए ।

यता महानगरपालिकाले भने शव व्यवस्थापन गर्ने काममा अवरोध गर्न नहुने बताएको छ । ‘शबलाई कहिँ न कहिँ त व्यवस्थापन गर्नैै पर्यो, मजुवा घाट बस्तीबाट टाढा भएकाले शव व्यवस्थापन गर्दा केहिी अफ्ठ्यारो नपर्ने भएकाले उक्त ठाउँ चयन गरिएको हो ।’ पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताए ।

यसअघि पनि शव व्यवस्थापन गर्ने क्रममा कास्कीमा झडप भएको थियो ।यो समाचार रातोपाटीका सन्दिप पौडेलले लेखेका छन् ।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?