कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न हिँडेको प्रहरी टोलीमाथि स्थानीयको अवरोध, झडपमा एक दर्जन बढी घाइते

पोखरा । कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयबाट अवरोध भएको छ ।

बुधबार राति निधन भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका हुन् ।

उनीहरुले मजुवामा शव व्यवस्थापन गर्न नदिने भन्दै घाटनजिकै टायर बालेर विरोध प्रदर्शन गर्दै अवरोध गर्दा झडप हुन पुगेको छ ।

झडपका क्रममा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।

शव व्यबस्थापन गर्न नदिने भन्दै स्थानियले प्रहरीटोली माथि ढुङ्गामुडा गर्न थालेपछि झडप भएको हो । अहिले पनि सो क्षेत्रमा तनाव जारी छ । नेपाली सेनाले शव व्यबस्थापन गर्ने र पोखरा महानगरपालिकाले शव व्यवस्थापन स्थान खोज्ने सहमतिअनुसार महानगरले पोखरा ३२ मजुवा घाट तय गरेको थियो । जसअनुसार प्रहरील शवबाहनमा राखेर मृतकको शव घाटमा लगेको थियो ।

यता कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले शव लैजाने क्रममा स्थानीयबाट अवरोध भएपछि झडप हुन पुगेको बताए ।

यता महानगरपालिकाले भने शव व्यवस्थापन गर्ने काममा अवरोध गर्न नहुने बताएको छ । ‘शबलाई कहिँ न कहिँ त व्यवस्थापन गर्नैै पर्यो, मजुवा घाट बस्तीबाट टाढा भएकाले शव व्यवस्थापन गर्दा केहिी अफ्ठ्यारो नपर्ने भएकाले उक्त ठाउँ चयन गरिएको हो ।’ पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताए ।

यसअघि पनि शव व्यवस्थापन गर्ने क्रममा कास्कीमा झडप भएको थियो ।यो समाचार रातोपाटीका सन्दिप पौडेलले लेखेका छन् ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?