भोलि(आइतवार) अहिलेसम्मकै लामो सूर्य ग्रहण लाग्नेः हेर्नुहोस् ग्रहण हेर्दा राशीअनुसार यस्तो फल प्राप्त हुने

भोली असार ७ गते आइतबार अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ ।

बिहान १० बजेर ५० मिनेटमा स्पर्श हुने यो खण्डग्रास सुर्यग्रहण मध्यान्न १२ बजेर ३८ मिनेटमा मध्य र अपरान्ह २ बजेर २३ मिनेटमा मोक्ष हुनेछ । यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ ।

यो ग्रहण हेर्दा हरेक राशीअनुसार फरक फरक फल प्राप्त हुनेछ ।

मेष राशी – श्रीप्राप्ती
वृष राशी – क्षती
मिथुन राशी – घात
कर्कट राशी – ब्यय
सिंह राशी – लाभ
कन्या राशी – सुखम्
तुला राशी – माननाशः
वृश्चिक राशी – कष्टम्
धनु राशी – स्त्रीपिडा
मकर राशी – सौख्यम्
कुम्भ राशी – चिन्ता
मीन राशी – ब्यथा

खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यसलाई विशेष रुपमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्‍याउनु आवश्यक हुन्छ । हिन्दु धर्मको परम्परा अनुसार ग्रहणकालमा निम्न १६ कामगर्न बर्जित गरीएको छ ।

१। ग्रहणको समयमाभोजन र जलआदि ग्रहण गर्न बर्जित गरिएको छ ।
२। ग्रहणकालमा भोजन बनाउनु् वा यसको तयारी गर्नु समेत हुदैन ।
३। ग्रहणकालमा कुनै पनि शुभकार्यको थालनी गर्नु हुदैन अन्यथा असफलता प्राप्त हुनेछ ।
४। ग्रहणकालमा देव पूजनका साथै देवीदेवताको मूर्तिस्पर्श गर्नबाट बच्नु पर्दछ ।
५। ग्रहणको सूतक कालमा उपासना वा देव दर्शन बर्जित रहन्छ ।
६। यस कालमा मदिरा, धुम्रपान वा सुर्ति सेवन गर्नुहुदैन अन्यथा ग्रहणको दुष्प्रभाव पर्दछ ।
७। ग्रहणको समयमा जुठो भाडाँ वा चुल्हो राख्नु हुदैन ।
८। यस कालमा माछामासु काट्ने वा बेच्न अुशभ हुने मान्यता छ ।
९। ग्रहणकालमा कपाल र नङ काट्नु वा काट्न लगाउनु हुदैन ।
१०। यस कालमा सिलाई कटाइ गर्नु समेत अशुभ मानिन्छ ।
११। ग्रहण कालमा तिखा, धारिलो हतियारको प्रयोग गर्न बर्जित रहन्छ ।
१२। ग्रहणकालमा निदाउनु समेत हुदैन अन्यथा यसले हानि पुर्‍याउने धार्मिक मान्यता छ ।
१३। ग्रहणको समयमा शारीरिक सम्बन्ध राख्न बर्जित छ । अन्यथा अशुभ हुने विश्वास छ ।
१४। ग्रहणलाई नागों आखाँले हेर्नु हुदैन ।
१५। यस कालमा ग्रहणको छायाँबाट गर्भवती महिलाले विशेष रूपमा बच्नु पर्दछ ।
१६। ग्रहणकालमा वृद्ध र रोगी मानिसले घर बाहिर निस्कनु हुदैन ।खबरहव

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?