कोरोनाका कारण कैलालीका दुई जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २२ पुग्यो

धनगढी । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । बुधवार कोरोनाका कारण कैलालीका दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सेती प्रादेशीक अस्पतालका अनुसार मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–४ का ४६ बर्षीय पुरुष र लम्कीचुहाँ नगरपालीका–२ की ४३ वर्षिया महिला रहेका छन् ।

स्वस्थ्यमा समस्या आएपछि धनगढीकै नवजिवन अस्पतालमा उपचार गर्न गएका गोदावरीका ४६ वर्षिया ती पुरुषलाई कोरोना संक्रमण पुष्टि शनिवार भएको थियो ।

 

त्यसपछि उनलाई सेती प्रादेशीक अस्पतालमा सारीएको थियो । प्रादेशीक अस्पतालमै उपचारका क्रमका उनको मृत्यु भएको प्रादेशिक स्वस्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए ।

बरिस्ठ फिजिसियन डा. निराजन दत्त शर्माकाअनुसार अस्पतालमा ल्याउँदा उनलाई कडा खालको निमोनिया थियो । थप उपचारका लागि काठमाडौं लैजान एयर एम्बुलेन्सको व्यवस्था हुन नसकेको बताइएको छ ।

यस्तै लम्की चुहा की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । टाउकोमा लागेको चोटका कारण उनलाई आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिए पछि सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो ।

उनको पिसिआर टेस्ट रिपोर्ट नआउदैँ उपचारका क्रममा मंगलबार निधन भएको स्वास्थ्य कार्यालय बांकका नरेश श्रेष्ठले बताए ।

उनले भने‘ ती महिलाको बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।’

ताजा खबर

देउडा गायक लक्ष्मण अधिकारिको होईन भिनाजु गित सार्वजनिक

कंचनपुर ११ पौष लोकप्रिय देउडा गायक लक्ष्मण अधिकारीूदुबैको लाहुरेूको नयाँ...

राप्रपा कञ्चनपुरद्धारा आगामी निर्वाचनको लागि उम्मेदवारहरुको नाम सिफारीस

धन सिंह धामी कञ्चनपुर ११ पौष राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले यहि...

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा कञ्चनपुर, पुष १० आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?