कोरोनाका कारण कैलालीका दुई जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २२ पुग्यो

धनगढी । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । बुधवार कोरोनाका कारण कैलालीका दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सेती प्रादेशीक अस्पतालका अनुसार मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–४ का ४६ बर्षीय पुरुष र लम्कीचुहाँ नगरपालीका–२ की ४३ वर्षिया महिला रहेका छन् ।

स्वस्थ्यमा समस्या आएपछि धनगढीकै नवजिवन अस्पतालमा उपचार गर्न गएका गोदावरीका ४६ वर्षिया ती पुरुषलाई कोरोना संक्रमण पुष्टि शनिवार भएको थियो ।

 

त्यसपछि उनलाई सेती प्रादेशीक अस्पतालमा सारीएको थियो । प्रादेशीक अस्पतालमै उपचारका क्रमका उनको मृत्यु भएको प्रादेशिक स्वस्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए ।

बरिस्ठ फिजिसियन डा. निराजन दत्त शर्माकाअनुसार अस्पतालमा ल्याउँदा उनलाई कडा खालको निमोनिया थियो । थप उपचारका लागि काठमाडौं लैजान एयर एम्बुलेन्सको व्यवस्था हुन नसकेको बताइएको छ ।

यस्तै लम्की चुहा की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । टाउकोमा लागेको चोटका कारण उनलाई आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिए पछि सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो ।

उनको पिसिआर टेस्ट रिपोर्ट नआउदैँ उपचारका क्रममा मंगलबार निधन भएको स्वास्थ्य कार्यालय बांकका नरेश श्रेष्ठले बताए ।

उनले भने‘ ती महिलाको बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।’

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?