क्वारेन्टिनमा सुसाईड गरेका पुरुषमा कोरोना पुष्टि

बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा आत्महत्या गरेका ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा–५ का देबबहादुर विकले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

विकको जेठ २४ गते आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि जेठ २५ गते पीसीआर परीक्षणका लागि उनको स्वाबको नमूना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।

त्यसको ११ दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर रिपोर्ट नआउन्जेल बुधबार दिनभर उनको शव रुखमै झुण्डिएकै अवस्थामा थियो ।

उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वारेन्टिनमा २५ जना छन् ।

वडा अध्यक्ष कमल पौडेलले पीसीआर रिपोर्ट आएपछि साँझ ५ बजेतिर नेपाली सेनाले विकको शव वडा नम्बर ५ कै जंगलमा लगेर व्यवस्थापन गरेको जानकारी दिए ।

यसअघि सुर्खेतको क्वारेन्टिनमा आत्महत्या गरेकी एक महिलामा पनि कोरोना पुष्टि भएको थियो ।अनलाईनखबर

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?