सुसाईड गरेकी युवतीमा कोरोना पुष्टि

सुर्खेतको सिम्ता गाउँपालिका-८ निवासी एक युवतीमा आत्महत्यापछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा मृतक युवतीमा संक्रमण पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रमुख नवराज कँडेलले जानकारी दिए ।

गाउँपालिका प्रमुख कविन्द्र कुमार केसीका अनुसार युवती गत जेठ १ गते रूखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

युवतीको शव अहिले मेलकुना अस्पतालमा रहेको र सेनाको टोलीले दाहसंस्कार गर्ने तयारी गरेको उनले बताए ।

गत जेठ १२ गते युवती भारतबाट आएकी थिइन् । त्यसपछि गाउँपालिकाको क्वारेन्टिन बसाइँपछि उनी २६ गते घर गएकी थिइन् ।

क्वारेन्टिनबाट घर पठाउन अघि गरिएको आरडिटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएको अध्यक्ष केसीले जनाए । घर पुगेको केही दिनमा युवती परिवारको सम्पर्कबाट हराएकी थिइन् ।

त्यसपछि खोजी गर्ने क्रममा १ गते उनी रूखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।सेतोपाटी 

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?