सुसाईड गरेकी युवतीमा कोरोना पुष्टि

सुर्खेतको सिम्ता गाउँपालिका-८ निवासी एक युवतीमा आत्महत्यापछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा मृतक युवतीमा संक्रमण पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रमुख नवराज कँडेलले जानकारी दिए ।

गाउँपालिका प्रमुख कविन्द्र कुमार केसीका अनुसार युवती गत जेठ १ गते रूखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

युवतीको शव अहिले मेलकुना अस्पतालमा रहेको र सेनाको टोलीले दाहसंस्कार गर्ने तयारी गरेको उनले बताए ।

गत जेठ १२ गते युवती भारतबाट आएकी थिइन् । त्यसपछि गाउँपालिकाको क्वारेन्टिन बसाइँपछि उनी २६ गते घर गएकी थिइन् ।

क्वारेन्टिनबाट घर पठाउन अघि गरिएको आरडिटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएको अध्यक्ष केसीले जनाए । घर पुगेको केही दिनमा युवती परिवारको सम्पर्कबाट हराएकी थिइन् ।

त्यसपछि खोजी गर्ने क्रममा १ गते उनी रूखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।सेतोपाटी 

ताजा खबर

शिक्षक महासंघद्वारा बेदकोट नगरलाई ज्ञापन

कञ्चनपुर, २ असार । नेपाल शिक्षक महासंघले कञ्चनपुरकोे एक स्थानीय...

सडक विभागका सहसचिव खत्रीको यस्तो दावि महाकाली पुलको पुरानो डिजायन फेल भयो, नयाँ मैले ल्याएको हुँ

कञ्चनपुर, २ असार  गत बर्ष वाढीले भत्काएको महाकाली चारलेनको गाईडबण्ड...

लोक सेवा आयोगको हाजिरीजवाफ प्रतियोगितामा लक्ष्मी मावि बागफाँटा प्रथम 

शुनिल राना, कञ्चनपुर १ असार  लोक सेवा आयोगकोे ७५औँ बार्षिकोत्सव...

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?